समाजबादी पार्टिमा सांसद महोत्तरीबाट अपहरण गरी काठमाण्डै ल्याएको भन्दै जनता समाजवादी पार्टीका शीर्ष नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायत टेकु पुगेका थिए । अपहरण परेको भनिएका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादवसँगै पनि संगै प्रहरी परीसर पुगेका थिए।
उनीहरुको दुई सांसदसहित तीनजना विरुद्ध अपहरण तथा शरीर बन्दकसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी रहेको थियाे।
गत बुधबार महोत्तरी घरमै रहेका यादवलाई उनीहरुले काठमाडौं ल्याएका थिए। भोलिपल्ट विहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरुको सम्पर्कमा पुगेका थिए।।
सांसद बस्नेतले आफुलाई अपहरणकै शैलिमा काठमाण्डौ ल्याइएको बताएपनि खनाल र दुई संसदले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।