६१ हजार बढीको नमुना परीक्षण सम्पन्न

May 02, 2020 04:53 PM merolagani

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ६१ हजार ६०० भन्दा बढीको नमुना परीक्षण सम्पन्न भएको जनाएको छ। मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता डा. विकास देवकोटाले र्यापिड डाइगोनोस्टिक टेस्ट (आरडीटी) र पीसीआर परीक्षणबाट सो बराबरको नमुना परीक्षण भएको जानकारी गराएका हुन्।

#C# उनका अनुसार आरडिटी विधिबाट ४८ हजार ५२९ र पीसीआर विधिबाट १३ हजार ९८ गरी कुल ६० हजार ३७४ नमुना परीक्षणहरु सम्पन्न भएका छन्।

मन्त्रालयको तथ्यांक अनुसार आरडिटी विधिबार प्रदेश १ मा ५ हजार २८२, प्रदेश २ मा ५ हजार ६८७, बाग्मती प्रदेशमा ५ हजार ५१५, गण्डकी प्रदेशमा ५ हजार ४११, प्रदेश ५ मा ४ हजार २४०, कर्णाली प्रदेशमा ५ हजार ५७१ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ८२३ वटा नमुना परीक्षण सम्पन्न भएको छ।

पछिल्लो २४ घण्टामा गत २४ घण्टामा १ हजार २५२ वटा थप परिक्षण सम्पन्न भएको मन्त्रालयले जनाएको छ। देशभरको सबै जिल्लामा आरडिटी विधिबाट परीक्षण भइरहेको छ भने १६ स्थानबाट पीसीआर परीक्षण भैरहेको छ।

हाल २२ हजार ९७८ जना क्वारेन्टाइनमा रहेका छन् भने उपत्यका भित्र ४ र उपत्यका बाहिर ८५ जना गरी ८९ जना आईसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।