दिल्लीमा मदिरा किन्दा ७० प्रतिशत कोरोना कर,भीड हटाउन केजरीवालकाे अस्त्र

May 05, 2020 01:58 PM merolagani

दिल्ली सरकारले मंगलबारदेखि मदिरा खरिद गर्दा ७० प्रतिशतसम्म कोरोना कर तिर्नुपर्ने नियम लागु गरेको छ। लकडाउका कारण बन्द रहेका मदिरा पसलहरु सोमबारबाट खुलेसँगै मदिरा किन्नेको भिड लागेपछि सरकारले यस्तो घोषण गरेको हो। 

मदिरा सेवनलाई निरुत्साहित गर्न र मदिरा पसलमा लागेकाे अत्याधिक भीड कम गर्न  मुख्यमन्त्री केजरीवालले मदिराको अधिकतम मूल्यमा थप ७० प्रतिशत कोरोना कर भुक्तानी गर्नुपर्ने निर्णय गरेका हुन्।

करिब डेढ महिनाको लकडाउन पछि भारतले ग्रीन जोनमा मदिरा पसललाई खोल्न अनुमति दिएको हो । तर मानिसहरु मदिरा पसल अगाडि लामो लाइनमा मदिरा खरिदका लागि बसेका छन्। सामाजिक दुरीलाई नपच्छाएको भन्दै उक्त घटनाको सामाजिक संजालमा चर्को विरोध भइरहेको छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।