शतप्रतिशत बढ्यो सप्तकोशीको खुद नाफा

May 11, 2020 05:29 AM Merolagani

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (SAPDBL) ले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा १०९ प्रतिशत बढी हो। गत आवको सोही अवधिसम्ममा बैंकले २ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेसँगै इम्पेरिमेन्ट चार्ज घट्दा बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।

सो अवधिसम्ममा बैंकले १६ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ७ करोड ३८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। बैंकको खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा ७ करोड ३४ लाख रुपैयाँ बढी हो। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ३ करोड ८१ लाख रुपैयाँ बढी हो।

बैंकले इम्पेरिमेन्ट चार्ज बापतको रकम घटाउँदा खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा वृद्धिदरमा सुधार भएको देखिन्छ। गत आवको चैत मसान्तसम्ममा १ करोड ३९ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज चालु आवको सोही अवधिमा घटेर ५ लाख २ हजारमा सीमित भएको छ। यद्यपि बैंकको निष्क्रिय कर्जा भने समीक्षा अवधिमा ०.०३ प्रतिशत मात्र घटेको छ। गत आवको चैत मसान्तसम्ममा १.६८ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चाजु आवको सोही अवधिसम्ममा घटेर १.६५ प्रतिशतमा झरेको छ।

खुद नाफामा सुधार भएसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८७ पैसा कायम भएको छ। जुन गत आवको सोही अवधिको तुलनामा २ रुपैयाँ ३२ पैसा बढी हो। बैंकको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.८६ गुणा रहेको छ।

७८ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी भएको यस बैंकको जगेडा कोषमा १३ करोड ३८ लाख रुपैयाँ रहेको छ भने अन्य शेयरधनी कोषमा ४ करोड ३३ लाख रुपैयाँ रहेको छ। बैंकले सो अवधिसम्ममा २ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ८१ लाख ५५ हजार रुपैयाँ रहेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।