खर्च र खराब कर्जा बढ्दा डिप्रोक्स लघुवित्तको नाफा घट्यो

May 11, 2020 09:04 AM Merolagani

डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा २८ करोड ७२ लाख रुपैयाँ कमाएको लघुवित्तको नाफा ८ प्रतिशत घटेको हो।

कोरोना भाइरस असरको न्युनिकरणको लागि लकडाउन गरिएपश्चात त्यसको प्रत्यक्ष प्रभाव लघुवित्त कम्पनीहरुमा पनि देखिएको छ। लकडाउनका कारण कर्जा असुली लगायतका कामहरु ठप्प हुदा संस्थाको लक्ष्यअनुसार प्रगति हुन नसकेको कम्पनीले जनाएको छ। 

चैत मसान्तसम्ममा लघुवित्तले ६६ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा लघुवित्तले ५८ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। सञ्चालन नाफा भने ३८ करोड रुपैयाँबाट घटेर २६ करोड रुपैयाँमा झरेको छ। यो अघिल्लो त्रैमासकोभन्दा पनि कम हो।

समीक्षा अवधिमा लघुवित्तले ४ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यसै अवधिमा लघुवित्तको निक्षेप संकलन ३ अर्ब ३४ करोड रुपैयाँ र कर्जा लगानी १० अर्ब ६३ करोड रुपैयाँ रहेको थियो।

यस अवधिमा लघुवित्तको खराब कर्जा पनि ह्वातै बढेको छ। गत वषको यसै अवधिमा ०.८८ प्रतिशत रहेको खराब कर्जा बढेर २.५८ प्रतिशत पुगेको छ। त्यसैगरी, लघुवित्तको कर्मचारी खर्च र गैर सञ्चालन खर्चहरुमा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ। 

एक अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ८२ करोड ३८ लाख रुपैयाँ रहेको छ। प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ४ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ९४ पैसा र मूल्य आम्दानी अनुपात २१.६६ गुणा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।