लुम्बिनी जनरल इन्स्योरेन्समा कोरोनाको असर, खुद बीमाशुल्कसंगै नाफा पनि घट्यो

May 12, 2020 04:20 PM Merolagani

लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको यस अवधीको तुलनामा इन्स्योरेन्सको खुद नाफा २ करोड ८९ लाख रुपैयाँले घटेर १२ करोड ४ लाख रुपैयाँमा सीमित भएको हो।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले १४ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इन्स्योरेन्सको खुद बीमाशुल्क घटेपछि कम्पनीको नाफा प्रभावित भएको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ३ करोड ९ लाख रुपैयाँले घटेर ४३ करोड १६ लाख रुपैयाँमा सिमित भएको छ। गत अर्थिक वर्षको यहि अवधीमा इन्स्योरेन्सले ४६ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण बीमाशुल्क आर्जनमा समस्या भएको कम्पनीले जनाएको छ। सरकारले गत चैत ११ गतेदेखि कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन भएपछि चैत महिनाको बीमाशुल्क संकलन नभएको बताइएको छ।

कम्पनीले पुनर्बीमा कमिशन बापत ११ करोड ४७ लाख, लगानी कर्जा तथा अन्यबाट ४ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पुँजी एक अर्ब ४ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २८ करोड ९३ लाख रुपैयाँ, बीमा कोषमा ६० करोड २५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ५ करोड ५९ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३७ पैसा, प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ६१ पैसा र मूल्य आम्दानी अनुपात २५.८० गुणा छ।

यस अवधिमा इन्स्योरेन्सले एक लाख एक हजार ४१८ बीमालेख जारी गरी ८७ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीका १० हजार ५०९ बीमालेख नविकरण भएका छन्।

कम्पनीले ४ हजार २२१ दाबी बापत ५२ करोड २१ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ८८० दाबी बापत ६६ करोड ८० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।