समीक्षा अवधिमा बैंकको इम्पेरिमेन्ट चार्ज र खर्चहरु बढ्दा खुद नाफा खुम्चिन पुगेको हो।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको इम्पेरिमेन्ट चार्ज ७५ लाख ७० हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इम्पेरिमेन्ट चार्ज ८५ लाख रुपैयाँ रिभर्स भएको थियो। यसका साथै, बैंकको कर्मचारी र अन्य सञ्चालन खर्चहरु पनि बढेको देखिन्छ। जसका कारण खुद नाफामा संकुचन आएको हो।
५५ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा काषमा ६ करोड ६ लाख रुपैयाँ रहेको छ। गत आवको यसै अवधिमा बैंकको यस्तो कोषमा करिब ४ करोड रुपैयाँ रहेको थियो।
चैत मसान्तसम्ममा २ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको यस बैंकले सो अवधिसम्ममा १० करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। बैंकको यस्तो आम्दानी गत आवको सोही अवधिको तुलनामा १ करोड ५ लाख रुपैयाँ बढी हो।
गत असार मसान्तको तुलनामा बैंकले २ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
गत आवको चैत मसान्तसमममा ५ करोड १५ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको यस बैंकले चालु आवको सोही अवधिसम्ममा २ करोड ८१ लाख रुपैयाँ यस्तो मुनाफा कमाएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ९.६१ रुपैयाँबाट घटेर ४.७२ रुपैयाँ पुगेको छ।
बैंकको प्रतिशेयर नेटवर्थ ११०.४२ रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात २६.५० गुणा रहेको छ। त्यसैगरी, बैंकको कष्ट अफ फण्ड ७.४४ प्रतिशत, बेस रेट ११.५८ प्रतिशत र स्प्रेड रेट ६.२९ प्रतिशत रहेको छ।