सिटिजन्स बैंकले एक्वायर गर्न लागेको सहयोगी विकास बैंकले पस्कियो यस्तो वित्तीय विवरण

May 13, 2020 06:18 AM Merolagani

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले एक्वायर लागेको सहयोगी विकास बैंक (SBBLJ) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा १ करोड ८१ लाख रुपैयाँ बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ करोड ५२ लाख रुपैयाँ बढेर १८ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २ करोड ५० लाख रुपैयाँ बढेर १३ करोड १८ लाख रुपैयाँ पुगेको छ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ। गत आवको चैत मसान्तमा १९ रुपैयाँ ४० पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आवको सोही अवधिा बढेर २४ रुपैयाँ १४ पैसा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ५३ पैसा रहेको छ। चैत मसान्तमा बैंकको वितरण योग्य मुनाफा ४ करोड ३९ लाख रुपैयाँ रहेको छ।

सिटिजन्स बैंकसँग १०० बराबर ९१.७५ शेयर स्वाप अनुपातमा विलिन हुन लागेको यस बैंकको चुक्ता पूँजी ५० करोड ९६ लाख रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा १२ करोड २५ लाख रुपैयाँ रहेको छ भने शेयरधनी कोषमा २१ करोड ७२ लाख रुपैयाँ र शेयर प्रिमियममा ४३ लाख २९ हजार रुपैयाँ छ। गत आवको अन्त्यसम्ममा बैंकको यस्ता कोषहरुमा क्रमशः १२ करोड २५ लाख रुपैयाँ, ७ करोड ५१ लाख रुपैयाँ र ४३ लाख २९ हजार रुपैयाँ रहेको थियो।

गत आवको असार मसान्तसम्ममा ४ अर्ब ३३ करोड निक्षेप संकलन गरी ३ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको यस बैंकले चालु आवको चैत मसान्तसम्ममा ४ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको आधारदर १०.०१ प्रतिशतबाट बढेर १०.३० प्रतिशत पुगेको छ भने स्प्रेड ५.४४ प्रतिशतबाट ६.०८ प्रतिशत पुगेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।