लुम्बिनी विकास बैंकको खुद नाफा बढ्यो, ईपीएस घट्यो

May 13, 2020 08:36 AM Merolagani

लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४३ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ करोड २१ लाख रुपैयाँ बढी हो।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले ३७ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद नाफा बढेपनि प्रतिशेयर आम्दानी भने केही घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तमा २२ रुपैयाँ ६३ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आवको सोही अवधिमा १ रुपैयाँ १५ पैसा घटेर २१ रुपैयाँ ४८ पैसा रहेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानी घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ करोड ३५ लाख रुपैयाँ बढेर ९० करोड १४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ११ करोड २५ लाख रुपैयाँ बढेर ६२ करोड ५६ लाख रुपैयाँ पुगेको छ। चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १० करोड ३२ लाख रुपैयाँ रहेको छ।

२ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस विकास बैंकको जगेडा कोषमा १ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ, शेयरधनी कोषमा १० करोड ७८ लाख रुपैयाँ र शेयर प्रिमियमा ७६ हजार रुपैयाँ सञ्चित छ। गत आवको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी २ अर्ब २० करोड, जगेडा कोषमा १ अर्ब ४६ करोड, शेयरधनी कोषमा ५२ करोड र शेयर प्रिमियममा १ करोड ४२ लाख रुपैयाँ रहेको थियो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा २१ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेको यस बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा २४ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। त्यसैगरी, २१ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको यस बैंकले चैत मसान्तसम्ममा २३ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको निष्क्रिय कर्जा गत आवको चैत मसान्तको तुलनामा ०.५३ प्रतिशत घटेर १.६० प्रतिशतमा सीमित भएको छ। समीक्षा अवधिमा बैंकको बेस रेट ११.१३ प्रतिशतबाट ११.०२ प्रतिशतमा झरेको छ भने स्प्रेड ४.६४ प्रतिशतबाट बढेर ५.१५ प्रतिशत पुगेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।