मेगा बैंकले आफ्ने केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा विशेष साधारणसभा बोलाएको छ भने गण्डकी विकास बैंक (GDBL) ले केन्द्रिय कार्यालय, चिप्लेढुङ्गा, पोखरामा बोलाएको हो।
मेगा बैंकले सभामा गण्डकी विकास बैंकलाई आफुमा गाभ्ने सम्बन्धि प्रस्ताव पारित गर्ने भएको छ। त्यस्तै, बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्न समेत सञ्चालक समितिलाई अनुमति प्रदान गर्ने प्रस्ताव लैजाने भएको छ।
बैंकले साधारणसभा प्रयोजनको लागि जेठ ११ गते बुकक्लोज गर्ने भएकाले जेठ ९ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउने बैंकले जनाएकाे छ।
त्यसैगरी, गण्डकी विकास बैंकले पनि मेगा बैंकसँग विलय हुन स्वीकृति प्रदान गर्ने प्रप्ताव लैजाने भएको छ। बैंकले एक बराबर एक शेयर अनुपातमा मेगा बैंकसँग विलय हुन साधारण सभाबाट स्वीकृति प्रदान गर्ने भएको हाे।
साधारण सभा प्रयोजनको लागि बैंकले जेठ ९ गतेदेखि बुकक्लोज गर्ने भएकाे छ।