हिमालयन जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क घटेपछि नाफा प्रभावित

May 24, 2020 01:33 PM Merolagani

हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले यस अवधिमा खुद नाफा ९.९३ प्रतिशतले घटेर ११ करोड २५ लाख रुपैयाँमा सिमित भएको हो ।

गत आर्थिक वर्षको यहि अवधीमा इन्स्योरेन्सले १२ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सको खुद बीमाशुल्क घटेपछि नाफा समेत प्रभावित बनेको हो । यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ३ करोड ५९ लाख रुपैयाँले घटेर १८ करोड ५१ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले २२ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ७ करोड ४४ लाख, लगानी कर्जा तथा अन्य आयबाट ८ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब २ करोड ७२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३० करोड ४ लाख रुपैयाँ, बीमा कोषमा ५३ करोड ३० लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड २६ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी वर्षिक १४ रुपैयाँ ५७ पैसा, प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ३० पैसा र मूल्य आम्दानी अनुपात ३०.३७ गुणा छ ।

कम्पनीले ४२ हजार १९९ वटा बीमालेख जारी गरी ८६ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै इन्स्योरेन्सले ३ हजार ९५८ वटा दाबी वापत २२ करोड ८१ लाख रुपैयाँ भुक्तानी गरेको छ भने एक हजार ६३ दाबीका लागि एक अर्ब ३५ करोड ६० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।