बैंक तथा वित्तीय संस्थाले नोटलाई ३ वर्गमा छुट्याउनु पर्ने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

May 24, 2020 05:27 PM merolagani

बैंक तथा वित्तीय संस्थाहरुले बैंकमा आएका नोटहरुलाई तीन वर्गमा छुट्याउनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै नाेटलाई एटिएम लगायतका मेशीनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन वर्गमा छुट्याउन निर्देशन दिएको हो।

बैंक तथा वित्तीय संस्थाहरुले एटिएममा पठाउन योग्य नोटको प्याकेटको स्लिपमा हरियो रङ्ग, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको स्लिपमा सेतो रङ्ग र चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङ्गको स्लिप प्रयोग गर्नुपर्नेछ।

स्लिपमा कार्यालयको शाखाको नाम, छाप, नेट गिन्ती गर्ने कर्मचारीको नाम, कर्मचारी परिचय नम्बर, सहि र मिति अनिवार्य रुपमा भर्नुपर्नेछ। त्यस्तै, नोटमा स्टिचको प्रयोग गर्न पाइने छैन।

झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेको अक्षर अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रङ्ग लागेको वा पुर्व राजाको तस्वीर भएकाे नोटलाई पुन निष्काशन अयोग्य नोटको रुपमा वर्गिकरण गर्नुपर्ने र त्यस्ता नोटलाइ चलनचल्तीमा पठाउन पाइने छैन।

चलनचल्तीमा पठाउन अयोग्य नोट नोटकोष वा नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्नेछ भने यी संस्थामा पहुँच नभएका वित्तीय संस्थाहरूले भने आफ्नाे खाता रहेकाे बैंकमा जम्मा गर्नुपर्नेछ।  

त्यसैगरी, भुक्तानी गर्दा चलनचल्तीमा पठाउन योग्य नोटलाई निश्चित प्रकृया अपनाइ भाइरसरहित गर्नुपर्नेछ।


comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।