बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा, सेना परिचालन गरिने

May 24, 2020 06:26 PM Merolagani

बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजे देखि निषेधित क्षेत्र लागू गरी नेपाली सेना सहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।

त्यस क्षेत्रमा कोरोना संक्रमणको स्थिति भयावह अवस्था आएपछि उक्त निर्णय भएको सुरक्षा समितिले जनाको छ । त्यस क्षेत्रमा मात्रै हाल सम्म ११४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् भने एक जनाको मृत्यु भैसकेको छ ।

लकडाउन प्रभावकारी बनाउनका लागि अर्को सूचना जारी नभएसम्मका लागि पूरै गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको सुरक्षा समितिलले जनाएको छ ।

कोरोना पोजिटिभ देखिएकालाई क्वारेन्टाइनबाट आइसोलेसनमा लैजान खोज्दा अवरोध सिर्जना हुने गरेका थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।