साेह्रखुट्टेका संक्रमित यूएइबाट चैत्र ३ गते नेपाल आएका थिए

May 24, 2020 06:54 PM Merolagani

काठमाडौंको सोह्रखुट्टेका कोरोना संक्रमित युएईबाट काठमाडौं आएका थिए । ७१ वर्षीय कोरोना संक्रमित ती पुरुष चैत्र तीन गते युएईबाट काठमाडौं आएका हुन् ।उनी फागुन ७ गते अष्ट्रेलियाबाट आएर पुनः युएई गएर  चैत्र ३ गते काठमाडौं आएका थिए  ।

विदेशबाट आएका व्यक्तिको विवरण संकलन गरिएको समयमा उनले कोरोना भाइरसको परीक्षण गराएका थिए ।आइतबार उनमा कोरोना भाइरसको पुष्टि भएको हो । उनकी श्रीमतीमा भने कोराना संक्रमण पाइएको छैन ।

उनी तरकारी पसल र डेरीमा मात्र जाने गरेको खुलेको छ।विदेशबाट फर्किएपछि उनी घरमा नै रहेको र तरकारी तथा डेरी बाहेक अन्त कतै नगएको श्रोतले जनाएको छ ।

हाल उनको टेकु अस्पतालमा उपचारको थालनी गरिएको छ ।श्रोतका अनुसार उनमा कुनै लक्षण देखिएको थिएन र उनको स्वास्थ्य अवस्था सामान्य छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।