सानिमा जनरल इन्स्योरेन्सको सीईओ सुद्युम्न उपाध्याय नियुक्त

May 25, 2020 06:52 AM Merolagani

 सानिमा जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुद्युम्न उपाध्याय नियुक्त भएका छन् । शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो ।

बीमा समितिले उपाध्यायलाई सीईओमा नियुक्त गर्ने कम्पनीको प्रस्तावलाई गत साता स्वीकृत दिएको थियो ।

प्रिमियर इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको दुई कार्यकाल सकेपछि उनी कुलिङ पिरियडमा बसेका थिए । उनीसंग विगत २३ वर्षदेखि बीमा क्षेत्रमा काम गरेको अनुभव छ ।

नव नियुक्त सीईओ उपाध्यायले आज आइतबारदेखि नै जिम्मेवारी समालेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।