पैसा एक नसा हो। यदि तपाईलाई पैसाको लत लाग्यो भने त्यो लतलाई छुटाउन गाह्रो हुन्छ। पैसा हुँदा खुसी हुने मानिसहरु पैसा नहुँदा दुखी हुन्छन्। ‘बायाँ क्याडरेन्टबाट दायाँ क्वाडरेन्टतिर सर्ने बारेमा सबभन्दा गाह्रो कुरा भनेको तपाईले पैसा कमाउन प्रयोग गरिरहनु भएको तरिका प्रतिको मोह हो,’ रिच ड्याड भन्छन्, ‘यो बानी छुटाउने जस्तो होइन, लत छुटाउने हो’।
पैसा प्राप्त गर्ने तरिकाको रुपमा प्रणालीहरु सिर्जना गर्नुहोस्। पैसाको संसार एउटा ठूलो सिस्टम हो। र हामी एक व्यक्तिको हिसाबले त्यो प्रणालीलाई कसरी निश्चित प्याटर्नहरुमा चलाउने भन्ने सिक्नुपर्दछ।
एक ‘ई’ सिस्टमको लागि काम गर्दछ। एक ‘एस’ सिस्टम हो। एक ‘बी’ सिस्टमको निर्माण, स्वामित्व र नियन्त्रण गर्दछ। त्यसैगरी, एक ‘आई’ सिस्टममा पैसा लगानी गर्छन्।
रिच ड्याड भन्छन्, ‘जब पैसाको आवश्यकता पर्दछ, एक ‘ई’ नोकरीको खोजी गर्छ, ‘एस’ एक्लै केही गर्न खोज्छ, ‘बी’ एक सिस्टम निर्माण गर्दछ या खरिद गर्ने प्रयास गर्दछ र ‘आई’ पैसा उत्पादन गर्ने सम्पत्तीमा लगानी गर्ने मौकाको खोजी गर्दछ’। प्यासनले विजनेश निर्माण हुन्छ, डरले होइन।
तपाईको मुटुको वरिपरि एक सिस्टम निर्माण गर्नुहोस्। आफ्नो प्यासनको आसपासमा सिस्टम निर्माण गर्नुहोस्।
वित्तीय दृष्टिकोणले तपाईको जोखिम कम गर्दछ। वित्तीय अन्धताले जोखिम बढाउँछ। तर यदि तपाई दायाँ क्वाडरेन्टमा हुनुहुन्छ भने मात्र तपाईलाई यस दृष्टिकोषको आवश्यकता पर्दछ। बायाँ क्वाडरेन्टमा मानिसहरु शब्दमा सोच्दछन्। दायाँ साइडमा सफलता पाउनका लागि, विशेष गरी ‘आई’ क्वाडरेन्टमा सफलता प्राप्त गर्नका लागि, तपाईले अंकमा सोच्नु पर्ने हुन्छ। तपाई शब्दमा सोच्नुहुन्छ र इन्भेष्टर्स बन्न खोजिरहनु भएको छ भने यो जोखिमपूर्ण हुन्छ।
अध्याय ८ः म कसरी धनी बन्न सक्छु?
यदि तपाई अन्य व्यक्तिहरुले जस्तै काम गर्नुहुन्छ भने तपाई अन्य व्यक्तिहरुले जे पाएका छन् त्यही पाउनु हुनेछ। जब पैसाको कुरा आउँछ, ‘कमन सेन्स अनकमन हुन्छ’।
यो एक सत्य हो कि, जो मान्छे मेहेनत गर्छ, त्यही धनी हुन्छ भन्ने छैन। यदि तपाई धनी बन्न चाहनुहुन्छ भने तपाईले भिडभन्दा अलग तरिकाले सोच्नुपर्दछ। लेखकको विचारमा धनीहरुसँग हुने सबैभन्दा ठूलो सम्पत्ती भनेको उनीहरुको अलग सोँच हो।
‘बी, डू, ह्याभ’। लक्ष्य यी तीन शब्दमध्ये ‘ह्याभ’ भाग हो। मानिसहरु को बन्नु पर्छ भन्दा पनि के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित हुन्छन्। मानिसहरु सोच्छन् कि पैसाको लागि कडा परिश्रम गर्दा र धनी बनाउने चीजहरु खरिद गर्दा उनीहरु धनी हुन्छन्। तर, अधिकांश केसहरुमा यस्तो हुँदैन। यसलाई केबल उनीहरुलाई ठकित बनाउँछ।
क्यासफ्लो क्वाडरेन्ट सबै ‘बिइङ्ग’ सँग सम्बन्धित छ, ‘डुइङ्ग’ संग होइन। तपाई आफ्नो सोँचलाई बलियो बनाउनुहोस् जसले तपाईलाई वित्तीय रुपमा स्वतन्त्र हुन सक्षम बनाउने कार्य गर्न सहयोग गरोस्। मानिसहरुको वित्तीय संघर्षको कारण पैसा गुम्ने डर हो। धेरै मानिसहरु उत्तीर्ण भई स्कुल छोड्छन् तर, भावनात्मक रुपमा जोखिम लिन तयार हुँदैनन्, विशेष गरी, वित्तीय जोखिम। धेरै मानिसहरु धनी नहुनुको कारण उनीहरु त्यस्तो वातावरण सञ्चालन गरिरहेका हुन्छन् जहाँ गल्ती गर्नेलाई सजाय दिइन्छ। वित्तीय रुपमा स्वतन्त्र हुनको लागि हामीले गल्ती कसरी गर्ने र जोखिम व्यवस्थापन गर्न सिक्नुपर्छ।
फाइनान्सियल आईक्यू ९० प्रतिशत भावनात्मक आईक्यू र १० प्रतिशत मात्र वित्त सम्बन्धि प्राविधिक ज्ञान हो। सबभन्दा महत्वपूर्ण संवाद भनेको त्यो हो जुन तपाई आफैसँग गर्नुहुन्छ। तुलनात्मक रुपमा धनी व्यक्तिहरु जे गर्छन्, त्यो एकदम सजिलो छ। त्यो ‘बी’ हो जुन फरक हो। फरक उनीहरुको सोँचमा भेट्न सकिन्छ र विशेषगरी आन्तरिक संवाद। लेखकका रिच ड्याडले यसो भन्न निषेश गरेका थिएः
- म यो अफोर्ड गर्न सक्दिन
- म यो गर्न सक्दिन
- सुरक्षित खेलौँ
- पैसा नगुमाऔँ
- यदि तपाई असफल हुनुभयो र कहिले पनि रिकभर हुन सक्नुभएन भने के हुन्छ?
उनले यी स्टेटमेन्टहरुमा प्रतिबन्ध लगाए किनभने उनी यो साँच्चिकै विश्वास गर्थे कि शब्दहरु शक्तिशाली औजार हो। मानिसहरु जस्तो बोल्छन्, जस्तो सोच्छन्, त्यस्तै हुन्छन्। हामी आफैलाई जे भन्छौँ, हामी त्यस्तै हुन्छौँ। सफल इन्भेष्टस अथवा विजनेश ओनर बन्नका लागि हार र जीत प्रतिको भावना तटस्थ हुनुपर्छ। हार र जीत खेलको एक भाग मात्र हो।
धेरै मानिसहरु आर्थिक रुपमा संघर्ष गर्ने मुख्य कारण यो होइन कि उनीहरुसँग राम्रो शिक्षाको अभाव छ वा मेहनती छैन। यसको कारण उनीहरु गुम्न डराउँछन्। यदि गुम्ने डरल उनीहरुलाई रोक्दछ भने, तिनीहरुले पहिले नै गुमाइसकेका हुन्छन्। अधिकांश व्यक्तिहरु आर्थिक कष्ट भोगिरहेका हुन्छन् किनकी उनीहरुको भावना उनीहरुको सोँचको नियन्त्रणमा हुन्छ। मानव भएका कारण हामी सबैमा सोही भावना छन्। हामी के गर्छौँ र हामी के प्राप्त गर्छौँ भन्ने बीचको फरक हामी भावनालाई कसरी प्रयोग गर्छौँ त्यसमा निर्भर हुन्छ।
अध्याय ९ः बैंक बन्नुहोस्, बैंकर होइन
धनी मानिसहरु पैसा बनाउँछन्। मानिसको जीवनमा के घटना घट्छ त्यो महत्वपूर्ण होइन, महत्वपूर्ण यो हो कि त्यस व्यक्तिले सो घटनालाई कसरी अथ्र्याउँछ। अर्थतन्त्रको इतिहास भएका किताब पढ्नुहोस्। अर्थतन्त्र परिवर्तन हुन्छ तर इतिहास दोहोरिन्छ।
खेलको नाम हो, ‘को कसको ऋणी?’ याद राख्नुस्, ८० हजार डलर र ८ लाख डलर सम्झौता बीचको फरक एक ‘शून्य’ हो।
वित्तीय बजारलाई दुई छालहरुले दोहो¥याइरहेको हुन्छः लोभ र डर। लेखकलाई लाग्दैन कि ‘डिप्रेसन’ विगतको परिणाम हो, किनभने हामीमा त्यो डर र लोभको भावना जहिले हुन्छ। धनीहरु आफ्नो साथमा धेरै सम्पत्ती राख्छन् किनभने उनीहरु मानव भएर होइन, कर्पोरेट भएर कार्य गर्दछन्।
व्यवसाय निर्माण गर्नुहोस्, र रियल स्टेट किन्नुहोस्। यो आईडिया कर्पोरेटबाट धेरै पैसा कमाउन र रियल स्टेटामा आश्रय दिनका लागि हो। म्याकडोनल्डका संस्थापक रे क्रकले भनेका थिए, मेरो व्यवसाय ह्यामबर्गर होइन, मेरो व्यवसाय रियल स्टेट हो’। सूचनाको युगमा, गुणस्तरिय सूचना एकदमै ठूलो सम्पत्ती हो। क्रमशः