आगामी आर्थिक वर्षको बजेटः केमा घट्यो, केमा बढ्यो?

May 28, 2020 08:20 PM Merolagani

सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बराबरको बजेट सार्वजानिक गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजानिक गरेको बजेटमा शिक्षाा, स्वास्थ्य, राेजगारी क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ।

सरकारले स्वास्थ्य क्षेत्रमा ३१.८५ प्रतिशतले बजेट बढाएर ९० अर्ब ६९ करोड रुपैयाँ पर्याएको छ। गत वर्ष यस क्षेत्रमा ६८ अर्ब ७८ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो, जुन २१ अर्ब ९१ करोड रुपैयाँले बढेको हो।

त्यसैगरी, सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमा पनि बजेटको आकार बढाएको छ। गत वर्ष १ खर्ब ६३ अर्ब बजेट विनियोजन भएकोमा यस वर्ष १ खर्ब ७१ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। यस क्षेत्रमा करिब ८ करोड रुपैयाँ बजेट बढाइएको छ।

सामाजिक सुरक्षामा करिब ३ अर्ब रुपैयाँले बजेट बढाइएको छ। चालु आर्थिक वर्ष ६४ अर्ब ५० करोड रूपैयाँ बजेट छुट्टयाएकोमा आगामी आर्थिक वर्षको लागि ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको हो। सरकारले सामाजिक सुरक्षा भत्ता भने बढाएको छैन।

त्यसैगरी, कृषि तथा पशुपन्छिमा पनि बजेटको आकार बढाइएको छ। चालु आर्थिक वर्षमा ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्षको लागि ४१ अर्ब ४० रुपैयाँ विनियोजन गरेको छ।

सरकारले पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट विनियोजन गरेको छ। चालु आर्थिक वर्षमा २ अर्ब ६८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्षको लागि बजेटको आकार १ अर्ब ४३ करोड रुपैयाँ बराबरले घटेको छ।

औद्योगिक पुर्वाधार विकासको लागि पनि बजेटको आकार केहि घटेको छ। चालु आर्थिक वर्ष औद्योगिक पुर्वाधार विकासका लागि २ अर्ब ८७ करोडको बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्षको लागि २ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन भएको छ।

चालु आर्थिक वर्षमा उर्जा क्षेत्रको विकासका लागि ८३ अर्ब ४९ अर्ब रुपैयाँ बराबरको बजेट छुट्याइएको आगामी आर्थिक वर्षको लागि ग्रामीण विद्युतीकरणका लागि ४ अर्ब, वैकल्पिक उर्जाको लागि ४ अर्ब १३ करोड रुपैयाँ र प्रसारणलाइन तथा सबस्टेसनका लागि ३६ अर्ब २ करोड रुपैयाँ विनियोजन गरेको छ।

चालु आर्थिक वर्षमा शहरी पुर्वाधार विकासको लागि ४० अर्ब ७३ करोड रुपैयाँ बराबरको बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ८० करोड रुपैयाँ बराबरको बजेट विनियोजन भएको छ।

त्यसैगरी, सरकारले आगामी वर्षको लागि भौतिक पूर्वाधारतर्फको बजेट १ खर्ब ३८ अर्ब ८० करोड विनियोजन गरेको छ। सरकारले भौतिक पूर्वाधार विकासको बजेट गत वर्षकोभन्दा २४ अर्ब ७२ करोडले घटाएको हो।

सरकारले आर्थिक आगामी आर्थिक वर्षको लागि सरकारले खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोडको बजेट विनियोजन गरेको छ जुन गत चालु आर्थिक वर्षकोभन्दा एक अर्ब ६३ करोडले कम हो।

सरकारले आगामी आर्थिक वर्षमा पुनर्निर्माणतर्फ ५५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। चालु आर्थिक वर्षमा १ खर्ब २१ अर्ब रुपैयाँ बजेट छुट्याइएकोमा आगामी आर्थिक वर्षको लागि बजेट ६६ अर्बले घटेको हो।

 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।