काेराेनाकाे असरका लागि करिब एक खर्व ६० अर्वको राहत घोषणा

May 28, 2020 08:18 PM merolagani

पुनर्कर्जा कोषलाई ६० अर्वबाट बढाएर एक खर्ब पुर्‍याइएको छ। यता थलिएका उद्योगलाई पुनजागृत गर्न सरकारले छुट्टै ५० अर्वको कोष बनाउने भएको छ।

करिब एक खर्व ६० अर्वको राहत घोषणा गरिएको भए पनि चित्त बुझ्दो देखिएको छैन। किनकि राहत समेत पछि तिर्नु पर्ने गरी कर्जाको रूपमा सरकारले उपलब्ध गराउने भएको छ।

सामाजिक सुरक्षा कोषमा सरकारले लकडाउन अवधिको रकम दाखिला गर्ने भए पनि उसले त्यो कोषको रकम सापटी लिन भनिएको छ। कर्मचारी र अन्यलाई थलिएकाले आफै तलब दिनु पर्ने छ।

काेभिडका कारणले सरकारले घोषणा गरेको राहत कार्यक्रमलाई तत्कालकालागि निरन्तरता दिइने छ। सङ्घ प्रदेश र स्थानीय तहको सह कार्यक्रम सञ्चालन गरिने छ। कामका लागि खाद्यान्न कार्यक्रममा सहभागी नहुने असङ्गठित क्षेत्रका मजदुरलाई एक चौथाइ बराबरको राहत दिइने भएको छ।

 घरेलु तथा साना उद्योग थला परेका पर्यटन उद्योगलाई पाँच प्रतिशत सहुलियत ऋण दिइने भएको छ। जसको लागि ५० अर्व रुपैयाँ बराबरको छुट्टै कोष खडा गरिने भएको छ। यो कोग नेपाल र।राष्ट्र बैक अन्तरगत सञ्चालनमा ल्याउने भनिएको छुट। जसमा नेपाल सरकार सरकारी संस्थान दातृ निकाय बाट अनुदान राखिने भएको छ।

१० युनिट घरायसी बिद्युत उपभोग गर्नेलाई निःशुल्क गरिने भएको छ। मासिक १५० युनिट सम्म लाई २५ प्रतिशत छुट। २५० युनिट खपत गर्नेलाई १५ प्रतिशत महसुल छुट दिइने भएको छ। खाने पानी र चिसाइका लागि उपभोक्ता समितिलाई निःशुल्क बिद्युत र सहुलियत दिइने भएको छ। कोभिडको कारण उत्पादन मूल उद्योगलाई डिमान्ड शुल्क छुट दिइने भएको छ। बिद्युत माग कम हुने समयमा छुट दिइने भएको छ।

कोरोनाले थलिएकाहरूलाई पाँच प्रतिशत सम्म पुन कर्जा दिने व्यवस्था गरिएको छ। एक खर्व सम्म सहुलियत दरमा कर्जा उपलब्ध गराउन राष्ट्र बैक मार्फत दिइने भएको छ।

कोरोना रोगको समुहिक बिमा गर्न प्रतिसहित गरिने भएको छ। जसको लागि सरकारले एक लाखको बिमा गर्न ५० प्रतिशत अनुदान दिने भएको छ। स्वस्थ कर्मीको बिमा शुल्क सरकारले तिरिदिने भएको छ।

विदेशमा अलपत्र परेकालाई बजेट छुट्ट्याइएको छ ।

लकडाउन अवधिभर श्रमिक र रोजगार दाताले जम्मा गर्नु सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने रकम सरकारले नै दिने भएको छ । तर लक डाउन अवधिको मात्रै उसले दाखिला गरिदिने जनाएको छ। तर उक्त रकम रोजगार दाताले सापटी लिएर लिएर श्रमिकलाई तलब दिन सक्ने छन्। सापट लिएको रकम पछि जम्मा गर्ने व्यवस्था गरिएको छ।

वायु कम्पनीले तिर्नु पर्ने वार्षिक शुल्क, नवीकरण दस्तुर, पूर्वाधार करमा छुट दिइने भएको छ।

कोरोनाका कारण यातायात, चलचित्र क्षेत्र , इजाजत पत्र र नवीकरण शुल्क छुट दिइने भएको छ। कर्जाको व्यवस्था गरिने भएको छ। नव प्रवर्तन गर्न चाहनेलाई दुई प्रतिशत व्याजमा कर्जा दिइने भएको छ। उक्त कार्यको लागि ५० करोडको व्यवस्था गरिएको छ।

 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 
 
comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।