इलेक्ट्रिक गाडी,फलफूल र तरकारी, फर्निचरमा भन्सार बढ्यो, इन्डक्सन चुलो, उद्योगको कच्चा पदार्थमा भन्सार घट्यो

May 28, 2020 10:55 PM merolagani

सुवास निरौला

गाडीको मूल्य बढ्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत गाडीको भन्सार बढ्ने भएको हो। अब मुलुकमा आधिकारिक एजेन्ट बाहेकले गाडी आयात गर्न नपाउने भएका छन्। अरूले आयात गरे ३० प्रतिशत जरिवाना लाग्ने भएको छ।

इलेक्ट्रिक गाडीमा १० देखि ३० प्रतिशत सम्म सम्म भन्सार दर बढ्ने भएको हो। हर्ष पावरको आधारमा भन्सार राजस्व बढाइएको छ। फर्निश सामानमा भन्सार दर बढेको छ। पेन्ट, प्रि फ्याबमा भन्सार दर बढाइएको छ। 

विदेश बाट आयात हुने तरकारी र फलफूलमा भन्सार बढेको छ। १६४ प्रकारका तरकारी तथा फलफूलमा ५ प्रतिशत देखि ९ प्रतिशत सम्म बढाइएको छ। स्वदेशी उत्पादनलाई बढवा दिन तरकारी र फलफूलमा भन्सार दर बढाइएको हो। तर तरकारीका बिउ बिजनमा भन्सार छुट दिइने भएको छ। यसमा सोलो डोलो एक प्रतिशत मात्रै भन्सारको व्यवस्था गरिएको छ।

भेटनरि अस्पतालमा प्रयोग हुने सामग्रीमा भन्सार छुट दिइने भएको छ। कोरोना सङ्क्रमणमा प्रयोग हुने पिपिइ  छुट दिइएको छ। जसमा स्यानिटाइजर,मास्क सेट लगायतमा छुट दिइने भएको हो।

खाना पकाउने इन्डक्सन चुलोमा भन्सार छुट हुने भएको छ। अगरबत्ती उद्योगका कच्चा पदार्थमा छुट दिइने भएको छ। स्वदेशी उद्योगलाई प्रवर्धन गर्न कच्चा पदार्थ आयातमा छुट दिन लागिएको हो।

उद्योगले ल्याउने कच्चा पदार्थमा छुट हुने भएको छ।निकासिकालागि ल्याइने वेयर हाउस सुविधा बढाइने भएको छ। यस अघि ६ महिनाको समय रहेकोमा एक वर्ष पुर्‍याइएको छ।

आयोजना कालागि ल्याइने मास्टर लिस्टको पुरा विवरण दिनु पर्ने व्यवस्था गरिएको छ। पहिले निश्चितलाई छुट गरिदिने गरिएको भए पनि अब सबैले पुरा विवरण बुझाउनु पर्ने छ। यसले आगामी दिनमा ठुलै हलचल ल्याउने सम्भावना छ। यस अघि छुटका लागि विवाद हुने गरेकोमा थप कडाइ गरिएको हो।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।