दुई जलविद्युत् आयोजना निर्माण हुँदै

Jun 19, 2020 04:46 PM rss

सोलुखुम्बु र दोलखा जिल्लामा दुई जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कूल ९.५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत् आयोजना र दोलखाको बिगु गाउँपालिका–७ मा तीन मेगावाट क्षमताको पेगु खोला साना जलविद्युत् आयोजना निर्माण हुन लागेका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले ती आयोजनासम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरी सो जानकारी दिएको हो ।

मध्य सोलु खोला जलविद्युत् आयोजना मिड सोलु हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको हो । यस्तै पेगु खोला भने बिगु हाइड्रो भेन्चरले निर्माण गर्न लागेको हो । नदी प्रवाहमा आधारित दुवै आयोजना साना जलविद्युत्अन्तर्गतका आयोजना हुन् ।

मध्य सोलु खोला आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी क्षमताको आठ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको तिङ्गला सबस्टेशनमा जोडिन्छ । पेगु खोलाको विद्युत् भने ३३ केभी क्षमताको १३ किलोमिटर लामो प्रसारण लाइनमार्फत प्राधिकरणको सिङ्गटी सबस्टशेनमा जोडिन्छ । आयोजनाका बारेमा कुनै जानकारी दिनुपरे विभागमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।