एनएलजी इन्स्योरेन्सले स्थगन गरेको हकप्रद शेयर पुनः बिक्री खुला गर्ने, कहिलेदेखि दिन सकिन्छ आवेदन?

Jun 21, 2020 08:01 AM Merolagani

एनएलजी इन्स्योरेन्स (NLG) ले स्थगन गरेको हकप्रद शेयर निष्काशन तथा बिक्री पुनः खुला गर्ने भएको छ। इन्स्योरेन्सले गत फागुन २२ गतेदेखि १० बराबर ६ अनुपातमा कुल ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो।

अब सो हकप्रद शेयरमा असार ९ गतेदेखि २५ गतेसम्म आवेदन दिन सकिनेछ। हकप्रद निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले माघ २७ गतेदेखि बुकक्लोज गरेको थियो। यस अनुसार माघ २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ। हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय नयाँ बानेश्वर, एनएलजी इन्स्योरेन्सका शाखा कार्यालय, लक्ष्मी बैंकका विभिन्न शाखा कार्यालय र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत असार २५ गतेसम्म आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्राले एनएलजी इन्स्योरेन्सको हकप्रद निष्काशनका लागि इक्रा एनपि आईपिओ ग्रेड ३ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ३ रेटिङ्गले इन्स्योरेन्सको वित्तीय आधारभुत अवस्था औसत छ भन्ने बुझाउँछ।

इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट पुस २९ गते हकप्रद बिक्रीको अनुमति पाएको थियो।
हाल ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापि रुपमा गरेको लकडाउनका कारण गत चैत ११ गतेदेखि निष्काशन तथा बिक्री स्थगित गरेको थियो।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।