नागरिक लगानी कोष र तिनाउ मिसनको मूल्य समायोजन

Jun 25, 2020 05:18 PM Merolagani

नेपाल स्टक एक्सचेञ्जले नागरिक लगानी कोष र तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले असार १० गते नागरिक लगानी कोष र असार ११ गते मूल्य समायोजन गरेको हो।

नेप्सेले नागरिक लगानी कोष (CIT) को शेयरमूल्य समायोजन गरी १ हजार ८८२ रुपैयाँ तोकेको छ। कम्पनीको २२ प्रतिशत बोनस शेयर समायोजन भएको हो। कोषले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो। कम्पनीले असार २० गते लाभांश तथा लाभांश वितरण पश्चात कायम चुक्ता पूँजीमा हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा डाकेको छ।

त्यसैगरी, नेप्सेले तिनाउ मिसन डेभलपमेन्ट बैंक (TMDBL) को शेयरमूल्य समायोजन गरी १६१ रुपैयाँ तोकेको छ। नेप्सेले बैंकको १२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। बैंकले लाभांश वितरण तथा हकप्रद निष्काशन प्रस्ताव सहित असार २४ गते साधारण सभा डाकेको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।