लकडाउनपछिको शेयर बजारः १० सर्किट ब्रेक,१ अर्ब ५९ करोड रुपैयाँकाे किनबेच

Jul 02, 2020 03:40 PM Merolagani

लगानीकर्ताको अपरिपक्व व्यवहार देखियो
विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण गत चैत ११ गतेदेखि बन्द भएको नेपालको धितोपत्र बजार ९८ दिनपछि गत सोमबारदेखि खुलेको थियो।

सोमबारदेखि आज (बिहीबार) सम्ममा ४ दिन कारोबार भयो। सो अवधिमा नेप्सेको कारोबार मापक सूचकमा भने १० पटक सर्किट ब्रेक लागेको छ। बजार खुलेको पहिलो दिन सोमबार १, मंगलबार ३, बुधबार ३ र बिहीबार ३ गरि कुल १० सर्किट ब्रेक लागेको हो। जसमध्ये ४ नकारात्मक सर्किट ब्रेक थिए भने ६ सकारात्मक छन्।

बिक्री चाप बढी हुँदा सोमबार ४ प्रतिशतको सर्किट लगाउनु परेको थियो। तर, सोपश्चात खुलेको बजारले दिशा परिवर्तन गर्यो। फलस्वरुप,कारोबारको अन्तिम समयसम्ममा १२.८७ अंक घटेर बजार बन्द भयो।

मंगलबार र बुधबार नेप्से सूचकमा ६ प्रतिशत सर्किट लागेर बजार पुरै दिनको लागि बन्द भयो। मंगलबार, वित्तीय क्षेत्रमा भएको पर्याप्त तरलता र बैंकहरुको सस्तो ब्याजदरले बजार बढ्न टेवा दिएको विश्लेषण गरिएको थियो। लगानीकर्ताहरुले सजिलै मार्जिन कर्जा लिन पाएको, अन्य क्षेत्रका लगानीकर्ताहरु पनि बजार प्रवेश गर्न थालेको र प्राकृतिक व्यक्तिको हकमा लगानीकर्ताले तिरेको ५ प्रतिशत कर नै अन्तिम कर हुने व्यवस्थाले पनि बजार बढाएको जानकारहरुले बताएका थिए। तर, बुधबार कम भोल्युममा सोही दरमा बजार बढ्न थालेपछि लगानीकर्ताहरु अलि चनाखो भए। धेरैले ‘यो बढाइ रियालिस्टिक होइन’ भन्ने बुझ्न थाले।

फलस्वरुप, दुई दिनको तीव्र बढाइ पछि बिहीबार नेप्सेमा ३ नकारात्मक सर्किट लागि दिनको १२ बजेर ४० मिनेट मै बजार बन्द भयो। लगानीकर्ताहरुले नाफा बुक गर्न हतारो गरेका कारण यस दिन नकारात्मक सर्किट लागेको लगानीकर्ताहरुको भनाई छ।

शेयर बजारका लागि सम्पूर्ण वातावरणहरु सकारात्मक रहेको बेला नेप्से बढ्नु कुनै नौलो कुरा नभएको तुलसी राम ढकाल बताउँछन्। तर, बढ्नु पर्छ भन्दैमा एकाएक उच्च दरमा बढ्नु पनि राम्रो नभएको उनको भनाइ छ। ‘बजार सन्तुलित तरिकाले बढ्नु पर्छ। पछिल्लो २ दिनको कारोबारमा लगानीकर्ताहरु अलि अपरिपक्व देखिएका छन्,’ उनले भने।

अहिले लगानीकर्ताहरुको मनोविज्ञानले बजारलाई डोर्याएको नेपाल शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल बताउँछन्। ‘लगानीकर्ताहरुको मनोविज्ञानलाई बुझ्न गाह्रो छ। बजार बढेको बेला नाफामा बेच्ने र घटेको बेला सस्तोमा किन्ने गर्नु पर्नेमा हामी ठिक उल्टो गर्छौँ,’ उनले भने, ‘एकै दिनमा कुनै त्यस्तो फण्डामेन्टल चेन्ज भएको छैन जसले गर्दा बेचिहाल्नु पर्ने अवस्था आओस्’। सबै कुरा सकारात्मक भएकोले लगानीकर्ताहरुलाई संयमित भई लगानी गर्न उनको सुझाव छ।

पछिल्लो ४ कारोबार दिनमा नेप्से परिसूचक ५४.५४ अंक बढेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स  ८.७१ अंकको बृद्धिमा छ। गएको चार कारोबार दिनमा २२ हजार ८७ पटकको कारोबार भए। जसमा  १ अर्ब ५९ करोड रुपैयाँ बराबरको ८१ लाख ९३ हजार कित्ता शेयर किनबेच भएका  छन्।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।