कोरोना भाइरसको कण हावा नचल्दा पनि १३ फीटसम्म फैलिन्छ

Jul 08, 2020 06:00 PM Merolagani

कोरोना भाइरसको महामारी फैलिएसँगै विश्वभरका विशेषज्ञहरु सोशल डिस्टेन्सिङका लागि ६ फीटको दूरी कायम गर्ने सल्लाह दिइरहेका छन् । तर हालैमा भएको एउटा अनुसन्धानले यसबारे चकित पार्ने खालको नतिजा सार्वजनिक गरेको छ । 

अनुसन्धानकर्ताका अनुसार, कोरोनाको कण हावा नचल्दा पनि ८ देखि १३ फीटसम्मको दूरी तय गर्न सक्छ। यसैगरी, ५० प्रतिशत आद्रता र २९ डिग्री तापक्रममा कोरोनाको कण हावामा घुल्न पनि सक्छ।

क्यानडाको ओन्टारियो यूनिभर्सिटी र क्यालिफोर्निया लस एन्जेल्स यूनिभर्सिटी र इन्डियन इंस्टीट्यूट अफ साइन्सका अनुसन्धानकर्ताहरुले मिलेर उक्त अनुसन्धान गरेका हुन्। अनुसन्धानकर्ताहरुको उद्देश्य हाल महामारीका रुपमा रहेको कोरोना भाइरसको कणको संक्रमण फैलाउनमा के–कस्तो भूमिका रहेको छ भन्ने कुरा पत्ता लगाउनु रहेको थियो। टीमका अनुसार, अनुसन्धानको नतिजाले स्कूल र अफिसमा सावधानी अपनाउनमा मद्दत गर्नेछ ।

अनुसन्धानकर्ताका अनुसार, कोरोनाबाट बच्नका लागि सोशल डिस्टेन्सिङ मात्र पर्याप्त छैन, किनकि संक्रमण फैलाउने भाइरसको कण हावा बिना नै १३ फीटसम्म फैलिन सक्छ ।

यसैगरी अनुसन्धानकर्ताहरुले संक्रमित र स्वस्थ मानिसहरुको मुखबाट निस्किएको ड्रपलेट्स माथि पनि अनुसन्धान गरेका छन्। अनुसन्धानबाट एक पटक खोक्दा ३ हजार ड्रपलेट्स निस्कने, जुन अलग–अलग दिशामा फैलिएको पाइयो। यसैगरी एकपटक हाछ्यू गर्दा ४० हजार ड्रपलेट्स निस्कियो ।

टोरन्टो यूनिभर्सिटीका अनुसन्धानकर्ताका अनुसार यस्तो स्थितिमा यदि हावा चल्यो भने अवस्था झनै गम्भीर हुनसक्छ। त्यसैले मस्क लगाउँदा संक्रमणलाई केही हदसम्म रोक्न सकिने बताइएको छ । एजेन्सीको सहयोगमा 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।