गण्डकी विकास बैंकलाई गाभेर मेगाले थाल्याे एकिकृत काराेबार

Jul 06, 2020 10:52 AM Merolagani

मेगा बैंक (MEGA) ले पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार थालेको छ। असार २१ आइतबार पोखरामा एक समारोहका बीच एकिकृत कारोबार थालेको हो।

९५ वटा शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रहेको थियो। २०७७ चैत्र मसान्तको एकिकृत तथ्याङ्कका आधारमा मेगा बैंकको निक्षेप १ खर्ब २५ अर्बभन्दा बढी र कर्जा १ खर्ब ९ अर्बभन्दा बढी रहेको छ। एकिकृत कारोबारपछि मेगा बैंकको शाखा सञ्जाल ५८ वटा जिल्लामा फैलिएकाे छ।

एकिकृत काराेबारपश्चात मेगा बैंकको चुक्ता पूँजी १३ अर्ब १३ करोड, निक्षेप १ खर्ब २५ अर्बभन्दा बढी र कर्जा १ खर्ब ९ अर्बभन्दा बढी पुगेकाे छ। ग्राहकको विश्वास जित्दै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०१९’ पुरस्कारबाट समेत सम्मानित भएको मेगा बैंकको ग्राहक संख्या अब ११ लाखभन्दा बढी भएको छ भने शाखा संख्या २ सय ६ वटा, एक्सटेन्सन काउन्टर ३० वटा र एटीएम १ सय ४२ वटा भएको छ। 

कार्यक्रममा मेगा बैंकको सिइओ अनुपमा खुञ्जेलीले देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक निक्षेपका आधारमा ११ औं स्थान, कर्जाका आधारमा १२ औं र मुनाफाका आधारमा ११ औं स्थानमा रहेको बताइन्। मेगा बैंकको कर्मचारी संख्या पनि १२ सयबाट १८ सय पुगेको छ।

कार्यक्रममा मेगा बैंकमा अध्यक्ष भोजबहादुर शाहले पूँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भई मेगा बैंक देशकै ठूलो मध्येको एक “क” वर्गको वाणिज्य बैंकको रुपमा स्थापित भएको बताइन्।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।