बैंकिङ कसुर मुद्दामा फरार दुई पक्राउ

Jul 06, 2020 11:17 AM rss

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनको २०७६ फागुन २१ को फैसलाअनुसार कैद र जरिवाना ठहर भएका काठमाडौँ महानगरपालिका–१६ नयाँबजारका ५५ वर्षीय राजमान सुनार र तारकेश्वर नगरपालिकाका ४१ वर्षीय विश्वमर्दन बस्नेतलाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका सुनारलाई अदालतले रु १४ लाख ६९ हजार ६४० जरिवाना र पाँच दिन कैद तथा बस्नेतलाई रु १३ लाख जरिवाना र पाँच दिन कैद ठहर गरेकाले पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

पक्राउ परेका सुनार र बस्नेतले पीडित दीपककुमार विश्वकर्मालाई रकम नभएको विभिन्न बैंकको चेक काटेर बैंकिङ अपराध गरेका थिए । प्रहरीले सुनारलाई तारकेश्वर र बस्नेतलाई धर्मस्थलीबाट पक्राउ गरेको थियो । पक्राउ परेका दुवैजनालाई प्रहरीले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पेश गरेको सिआइबीले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।