जेठ १६ गतेसम्ममा प्रदेश–३ मा सबैभन्दा बढी हितग्राही खाता खुलेका छन् । दोस्रो बढी हितग्राही खाता प्रदेश–१ खोलिएका छन् । प्रदेश–१ मा १६.५८ प्रतिशत हितग्राही खाता खोलिएका छन् ।
सबैभन्दा कम हितग्राही खाता खोल्नेमा प्रदेश–६ परेको छ । उक्त प्रदेशमा १.३२ प्रतिशतमात्र हितग्राही खाता खोलिएका छन् ।
प्रदेश–४ मा १०.९८ प्रतिशत, प्रदेश–५ मा ९.६२ प्रतिशत, प्रदेश–२ मा ७.५५ प्रतिशत र प्रदेश ७ मा ३.२० प्रतिशत हितग्राही खाता खोलिएका छन् ।
२०७२ माघदेखि काठमाडौं उपत्यका तथा २०७३ साउनदेखि काठमाडौं उपत्यका बाहिरबाट समेत पूर्ण अभौतिकृत धितोपत्रको कारोबार हुने व्यवस्था गरिएको थियो ।