मौद्रिक नीति असारभित्र ल्याउन सराेकारवालाकाे जाेड,साउनमा ल्याइदा प्रश्न उठ्याे

Jul 08, 2020 07:20 AM Merolagani

  • विष्णु बेल्बासे

आर्थिक वर्ष समाप्त हुन अब ८ दिनमात्रै बाँकी छ । यतिबेला बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उद्योग व्यवसाय सञ्चालन गरिरहेकाहरू यो ८ दिन भित्रमा कसरी किस्ता र व्याज भुक्तानी गर्ने भन्ने चिन्तामा छन् ।

नेपाल राष्ट्र बैंकले चैत मसान्तसम्म तिर्नु पर्ने साँबा र व्याज असारसम्म तिरे हुने व्यवस्था गरेको थियो । त्यसले व्यवसायीलाई तत्कालका लागि राहत पुगेको थियो । तर अहिले चैत मसान्तसम्मको र त्यसपछिको (यो अर्थिक वर्षको अन्त्यसम्मको) किस्ता र व्याज असारमसान्तसम्म तिर्नु पर्ने हुँदा व्यवसायीको तनाव झनै बढेको छ ।

उद्योग व्यवसायीले मौद्रिक नीति असारमा आउने र त्यसले असारमसान्तमा तिर्नु पर्ने किस्ता र व्याज सहजिकरण गर्ने अपेक्षा राखेका थिए । तर मौद्रिक नीति साउनको पहिलो साता आउने राष्ट्र बैंकको तयारीले उनीहरू झस्किएका छन् ।

उद्योग व्यवसायीले राष्ट्र बैंकलाई मौद्रिक नीति असारभित्र ल्याएर किस्ता र व्याज बुझाउने समय थप्न माग गर्दै आएका छन् । असार मसान्तभित्र मौद्रिक नीति ल्याउन नसकिएको खण्डमा किस्ता र व्याज बुझाउने समय थप सहितको परिपत्र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

कोरोना भाइरसका कारण व्यापार व्यवसाय ठप्प भएपछि असार मसान्तभित्र किस्ता र ऋणको व्याज कसरी तिर्ने भन्ने समस्यामा परेको व्यवसायीहरू बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले प्रतिकुल परिस्थितिका कारण उद्योग व्यवसायीले असारमसान्त सम्म बैंकको किस्ता र व्याज तिर्न नसक्ने अवस्थामा रहेको बताए ।

मुरारका मात्र होइन्, अन्य उद्योगी व्यवसायी पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सानो तिनो व्यवसाय गर्दै आएका व्यवसायीहरू असारमसान्तसम्मको किस्ता र व्याज कसरी बुझाउने भन्ने चिन्तामा छन् । उनीहरूलाई अहिले बैंकको किस्ता तिर्न त परै जाओर व्याज तिर्न पनि मुस्किले परेको छ । व्यवसायीहरूले व्यापार व्यवसाय ठप्प भएका कारण घरबाहाल समेत तिर्न सकेका छैनन् ।

ठूलादेखि सानातिना व्यापारी, दुध तथा कुखुरापालक कृषकको हालत चौपट छ । यसैगरी पर्यटन, उद्योग व्यावसायीहरूको अवस्था झनै नाजुक छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिभिन्न सार्वजनिक कार्यक्रममा व्याज भुक्तानी गर्नु समयावधि लम्बाउने कुरा भइरहेको बताएपछि व्यवसायीले केही राहत महशुस गरेका थिए । तर आर्थिक वर्ष सकिन लाग्दा समेत न मौद्रिक नीति आएको छ न त व्याज र किस्ता तिर्ने समय नै राष्ट्र बैंकले थपिदिएको छ ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक मनमोहन श्रेष्ठले व्यापार व्यवसाय ठप्प र अर्थतन्त्र सिथिल भएकाले ब्याज बुझाउनका लागि समय थपि दिनु पर्नेमा जोड दिन्छन् । ‘असार भित्र कुल बुझाउनु पर्ने व्याजमध्ये सिमित (२० वा ३० प्रतिशत) अहिले लिएर बाँकी पछि बुझाउने व्यवस्था गरि दिने हो भने व्यवसायले राहत पाउने थिए,’ उनले भने ।

व्यवसायी र बैंक तथा वित्तीय संस्थालाई पनि समस्या नपर्ने गरी राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीति असार भित्रै ल्याउनु पर्नेमा राष्ट्र बैंकलाई दवाव दिन थालिएको छ । व्याज तिर्ने समय परधकेल्न गरी मौद्रिक नीति छिटो ल्याउनु पर्ने व्यवसायीको माग छ ।

उद्योग व्यवसाय चौपट भएपछि अहिले बैंक तथा वित्तीय संस्थाहरू पनि किस्ता व्याज कसरी उठाउने भन्ने चिन्तामा छन् । व्यवसायीले किस्ता र व्याज तिर्न नसकेमा बैंकको खराव कर्जा बढने बैंकहरूको भनाइ छ ।

व्यवसायी र बैंक दुबैलाई समस्या भएको एक बैंकरले बताए । ‘कोरोना भाइरसका कारण व्यवसायी र बैंक दुवैलाई समस्या भएको छ,’ उनले भने, ‘किस्ता र व्याज असुल नगरौं नोक्सानीमा राख्नुपर्छ, असुल गर्न ताकेता गरौं व्यवसायीको अवस्था नाजुक छ ।’

बैंक तथा वित्तीय संस्थाले किस्ता र व्याजउठान समस्या पर्ने मात्र होइन अहिले भइरहेको रकम लगानी गर्न पनि सकिरहेका छैनन् ।

कारोना भाइरस संक्रमणको त्रासका कारण चैत ११ देखि ऋणको माग भने ठप्प जस्तै भएको छ । स्वास्थ्य सामग्री खरिद र औद्योगिक कच्चा पदार्थका लागि फाट्ट फुट्ट रुपमा ऋणको माग भएपनि अन्य कामका लागि ऋणको माग हुन सकेको छैन् ।

ऋणको माग भने लकडाउन अघिदेखि नै कमी हुँदै आएको थियो । गत आर्थिक वर्षमा ऋणको माग अत्याधिक भएको थियो । तर चालु आर्थिक वर्षमा भने ऋणको माग कमी हुँदै आएको छ । त्यसमाथि पनि करिव तीन महिनादेखि जारी विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण ऋणको माग झनै घटेको छ ।

कारोना भाइरसका कारण उद्योग व्यवसायी बैंकहरूमा ऋण लिने पछि हटेका छन् । बैंकमा लगानीयोग्य रकम प्रायाप्त मात्रमा थुप्रिएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।