एनएमबि बैंकले ल्यायाे 'एनएमबि ग्रिन फिक्सड डिपोजिट' सेवा

Jul 07, 2020 06:27 PM Merolagani

एनएमबि बैंकले एनएमबि ग्रिन फिक्सड डिपोजिट शुरु गरेको छ। यस सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो 'प्रत्येक नयाँ एनएमबि ग्रिन फिक्सड डिपोजिट'संगै आफ्नो नाममा विरुवा रोपाउन पाउने भएका छन् ।

वातावरणीय संरक्षणलाई सघाउ पु¥याउने कार्यलाई प्रवर्धन गर्न बैंकले नयाँ फिक्सड डिपोजिट सुविधाहरु प्रस्तुत गरेको छ जसमा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको १०० प्रतिशत कर्जा प्रदान गरिने छ ।

एनएमबि ग्रिन फिक्सड डिपोजिट ब्यवसाय र वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने बैंककाे सचेत प्रयास भएकाे बैंकले जनाएकाे छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।