राष्ट्रपति बोलसोनारोमा उच्च तापक्रम सहित खोकीको लक्षण देखिएपछि उनकाे परीक्षण गरिएको हाे। उनले कोरोनालाई सामान्य फ्लु भएको र यसले आफुलाई गहिरो असर नपर्ने बताउँदै आएका थिए ।
मंगलबार एक टेलिभिजन अन्तर्वाताका क्रममा राष्ट्रपति बोलसोनारोले आफ्नो कोरोना परीक्षणको नतिजा पोजिटिभ आएको घोषणा गरेका हुन् । उनले हाल ज्वरो कम भएर आराम महसुस गरेको बताएका छन् ।बोलसोनारो ६५ वर्षको भएकाले उच्च जोखिम समुह भित्र पर्दछन् ।
एजेन्सिकाे सहयाेगमा ।