निश्चित मापदण्ड बनाई ट्याक्सी सञ्चालन गराउन संसदको विकास तथा प्रविधि समितिको निर्देशन

Jul 08, 2020 06:04 PM Merolagani

संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सञ्चालनसम्बन्धी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

सार्वजनिक यातायात सम्वद्ध सरोकारवाला मजदूर संगठन, व्यवसायी तथा प्रतिनिधिसँगको छलफलपछि निश्चित मापदण्डलाई पालना गरी सर्वसाधारणको आवतजावतमा थप सहजता प्रदान गर्न ट्याक्सी यातायात सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउन समितिले नेपाल सरकारलाई निर्देशन दिएको हो ।

नेपाल सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेसँगै चैत ११ गतदेखि ट्याक्सी सञ्चालनमा आएका छैनन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।