उक्त साधारणसभाले २० प्रतिशत हकप्रद समेतले पाउने गरी चुक्ता पुँजीको ८ .१२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, कर प्रयोजनको लागि ४२ लाख ९० हजार रुपैयाँ बराबर नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित भएको छ ।
बोनसपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १४ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।
यस्तै साधारणा सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका प्रस्तावहरु पारित गरेको छ ।
सर्वसाधारण शेयरधनीहरुको समूहबाट गणेश राज रेग्मी र कमल भटृराई आगामी चार बर्षको लागि सञ्चालक समितिमा निर्बिरोध निर्वाचित भएका छन् ।
लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा