१५० सिसीसम्मका बाइक र १२०० सिसिसम्मका कार खरीद कर्जाको सिमा ८० प्रतिशतसम्म पुर्याउ: नेपाल वित्त संघ

Jul 09, 2020 04:00 PM Merolagani

नेपाल वित्त संघले नीजि सवारी साधनमा प्रवाह हुने कर्जाको सिमा ८० प्रतिशतसम्म पुर्याउनुपर्नेै माग गरेको छ। संघका अध्यक्ष सरोजकाजी तुलाधरले नेपाल राष्ट्र बैंकले आयोजना गरेको मौद्रिक नीति पुर्व छलफल १५० सिसीसम्ममा मोटरसाइकल र १२०० सिसि भन्दा कमको कारहरुमा ८० प्रतिशत सम्म कर्जा प्रवाह गर्न पाउनुपर्ने व्यवस्था गर्न माग गरेका हुन्। 

हाल नीजि सवारी साधनमा ५० प्रतिशत डाउनपेमेन्टमा ५० प्रतिशत सम्म कर्जा लगानी गर्न पाउने व्यवस्था छ। कोरोनाको कारण सामाजिक दुरी कायम गर्नु पर्ने यो अवस्थामा सवारी साधनमा प्रवाह हुने कर्जाको सिमा बढाए आफुहरुले पनि अप्रत्यक्ष रुपमा कोभिडमा केहि सपोर्ट गर्न सक्ने उनले बताए।

त्यस्तै बैंकलाई ब्रोकर लाइसेन्स दिने कि नदिने भन्ने विष्यको अध्ययन गर्न बनेको रामकुमारी झाँकी संयोजकको उपसमितिले ख र ग वर्गाको वित्तीय संस्थाको औचित्यमा प्रश्न उठाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

उक्त उपसमितिले क र ग बर्गका बैंक तथा वित्तीय संस्थालाई मात्र छलफलमा बोलाएको ख र ग बर्गका वित्तीय संस्थाहरुलार्य नबोलाएको उनले बताए। 

उनले उक्त प्रतिवेदन बैंकहरुलाई ब्रोकर लाइसेन्स फोकस हुनुपर्ने भएपनि त्यसमा ख र ग वर्गका वित्तीय संस्थाहरको औचित्यमा प्रश्न उठाएको बताए। 'यसकुरा आउनुमा हाम्रो सँघसँग पनि सरोकार राख्नु पर्ने थिया।' उनले भने 'राष्ट्र बैंकको लाइसेन्स लिएर नै काम गरिरहेकोले यसमा कुरा गर्नु पर्छ।'

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।