‘असार मसान्तभित्र साँवा र व्याज तिर्न सक्नेले तिर्नुस, नसक्नेलाई हामीले समय दिन्छौ,’ गभर्नर अधिकारीले भने, ‘बैंक तथा वित्तीय संस्थाले पनि ऋणीहरूलाई अनावश्यक टेन्सन नदिनुहोस् ।’
गभर्नर अधिकारीले प्राविधिक कारणले मौद्रिक नीति असारमा ल्याउन असजिलो भएको पनि प्रष्ट पारे । ‘प्राविधिक कारणले मौद्रिक नीति साउनको पहिलो साता ल्याउनु परेको छ,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्था र व्यवसायी दुवैलाई समेटने गरी मौद्रिक नीति आउँछ ।’ गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थालाई नअतालिन पनि आग्रह गरे ।
अर्थतन्त्रमा सुधारका संकेत देखिएको पनि उनले बताए । ‘कोही अतालिनु पर्दैन,’ उनले भने, ‘पुँजी बजारले पनि सकारात्मक संकेत देखाइसकेको छ ।’
निजी क्षेत्रका छाता संस्था नेतृत्व तर्फ इंगित गर्दै भने, ‘तपाईहरू तिर्न सक्नु हुन्छ, सबै क्षमतावान हो, तपाइहरू भन्दा परकालाई पनि राहत दिने गरी मौद्रिक नीति ल्याउने छौ ।’