बोनस दर स्थिर राख्न व्याजदरमा स्थायित्व कायम गराैं: चिरन्जीवि चापागाँई

Jul 09, 2020 05:44 PM Merolagani

बीमा समितिका अध्यक्ष चिरन्जीवि चापागाँईले बैंक तथा वित्तीय संस्थाको व्याजदर स्थिर बनाउनु पर्ने बताएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव दिँदै उनले व्याजदर स्थायित्व बनाउन आग्रह गरेका हुन् ।

‘राष्ट्र बैंकले व्याजदरमा स्थायित्व कायम गर्नुपर्छ । बैंक नपुगेको सबै स्थानीय तहमा बीमाको पहुँच पुगेको छ । गाँउ गाँउमा छरिएर रहेको सा–सानो बचतलाई संकलन गरेको छ’उनले भने अहिले बीमा कम्पनीहरुले ४ सय अर्ब बीमाशुल्क संकलन गरेको जनाउदै त्यस मध्ये करिब ९० प्रतिशत बैंक तथा वित्तीय संस्थामा लगानी छ ।

त्यसैले बैंकहरुको व्याजदर स्थिर नहुदाँ बीमितले पाउने बोनस दरमा समेत प्रभाव पार्ने सक्ने उनको भनाई छ । 'बोनसदर घट्यो भने बीमितहरु बीमा गर्न रुची नराख्न सक्छन् । त्यसले गर्दा बीमाको दायरा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा समेत असर पर्ने देखिन्छ,'उनले भने ।

उनले बीमाको दायरा ४० प्रतिशतमा पुग्ने गरी कार्ययोजना सफल बनाउन पनि मौद्रिक नीतिले व्याजदर स्थायित्वमा जोड दिनुपर्ने सुझाव दिए । बीमाको दायरा विस्तार गर्न माेवाईल बीमा लगायत विभिन्न कार्ययोजनाहरु अघि सारिएको पनि उनले जनाकारी गराए ।

यस्तै कर्जाको सिमा मात्र बीमा गर्नुपर्ने व्यवस्था हटाउनु पर्ने सुझाव पनि दिए । जसले गर्दा बीमाको दायरा विस्तार खुम्चिन सक्ने भन्दै उनले त्यस्तो व्यवस्था हटाउन सुझाव दिएका हुन् ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।