‘कोरोना सर्छ भनेर बसेर भएन, केही न केही गर्नुपर्छ,’भन्दै ऋण लिनेको चहल पहल बढन थाल्यो

Jul 12, 2020 03:30 PM Merolagani

  • विष्णु बेल्बासे

कोरोना भाइरस सर्ने डरले घरभित्रै सिमित भएका व्यवसायीहरू अब केही न केही काम त गर्नु पर्यो भन्दै बैंकमा ऋण लिन पुग्न थालेका छन् । चैत ११ पछि बैशाख र जेठमहिनासम्म घरमै बसेका व्यवसायीहरू अब बसेर नहुने केही न केही व्यवसाय त गर्न पर्यो भन्दै ऋण लिन बैंक पुग्न थालेका हुन् ।

कोरोना संक्रमणको त्रासले घरभित्र सिमित भएका व्यवसायीहरू विस्तारै व्यवसाय सञ्चालन तथा विस्तारमा लागेपछि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन थालेका हुन् ।

कोरोना भाइरसको डर त्रासका बीच पनि आर्थिक क्रियाकलाप बढन थोलेपछि बैंकमा ऋण लिन आउने बढेको नेपाल बैंक लिमिटेडका प्रवक्ता प्रकाशकुमार अधिकारीले बताए ।‘कोरोना भाइरसको डर रहेपछि आर्थिक गतिविधि बढाउन थालेका कारण ऋणको माग बढन थालेको हो,’उनले भने, ‘बैशाख र जेठ पूर्ण रूपमा घरभित्र बसेका व्यवसायीहरू कोरोना भाइरसको डर कायम रहेपनि आर्थिक क्रियाकलाप बढाउन पुगेकाले ऋणको माग बढन पुगेको हो ।’

कोरोना भाइरसका त्रास अघि अर्थात चैत ११ को लकडाउन अघि ऋण मागेकाले पनि ऋण लान पाएका थिएनन् । उनीहरूले पनि धमाधम ऋण लान थालेकाले पनि ऋण बढी जान थालेको हो । यसैगरी, लकडाउनका कारण मालपोत कार्यालय नखुल्दा जग्गा किनबेच रोकिएको थियो । तर अहिले मालपोत कार्यालय खुलेकाले जग्गा किनबेचका साथै बैंकमा राखेर ऋण लिन थालिएकाले पनि ऋणको माग बढन थालेको हो । ‘सुतेर मात्रै भएन,अब केही गर्नु पर्यो’ भन्दै बैंकमा ऋण लिन आउनेको चहल पहल सुरू भएको अधिकारीले बताए ।

नेपाल राष्ट्र बैंकले कारोनाबाट थलिएका पुराना ऋणीहरूलाई १० प्रतिशत थप लोन दिन सकिने व्यवस्था गरेकाले पनि ऋणको माग बढन पुगेको उनले बताए ।‘कोरोना भाइरसको डर र त्रास कायम रहेपछि व्यवसाय पनि विस्तार गर्नु पर्छ भन्ने भावनाको विकास भएपछि ऋणको माग बढेको हो,’अधिकारीले भने,‘मानसिक रूपमा व्यवसाय गर्न तयार भएपछि बैंकबाट ऋण लिने बढेका हुन् ।’

अहिले बैंकमा करिव १ खर्ब ४० अर्ब रूपैयाँ लगानीयोग्य रकम रहेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । ‘लगानीका लागि अहिले बैंकमा प्रशस्त रकम छ,’उनले भने,‘त्यो रकम लगानी गरेर व्यवसाय सञ्चालन गर्न सकिन्छ ।’

प्रतितपत्र (एलसी) र बैंक ग्यारेन्टीको काम पनि भइरहेका छन्।आर्थिक गतिविधी बढन थालेका कारण ऋण लिनेको घुइचो बढन थालेको बैंकरहरू बताउँछन् । केहीले अनलाइन मार्फत त केही व्यवसायी स्वयम बैंकमा नै ऋण लिन आउने गरेका छन् ।

अहिले आर्थिक गतिविधी बढन पुग्दा लकडाउन अघिकै अवस्थामा आउन थालेको छ । साउनदेखि लकडाउन अघिकै अवस्थामा अर्थतन्त्र चलायमान हुने अनुमान बैंकहरूले गरेका छन् । अहिले नै करिव ८० प्रतिशत व्यवसाय चलायमान भइसकेको छ ।

वाणिज्य बैंकहरूले असार १९ गतेसम्ममा वाणिज्य बैंकहरूले ३३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन र २८ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

पछिल्लो समय कोरोनाको मारमा परेका उद्योगी व्यवसायीहरूले नयाँ कर्जा लिन थालेका छन् । कोरोना भाइरसको डरका कारण चैत, बैशाख, जेठमा निक्षेप संकलन बढेको थियो । तर ऋण लगानी हुन सकेको थिएन् । जसले गर्दा बैकिङ्ग प्रणालीमा अत्याधिक तरलता जम्मा हुन पुगेको थियो ।
अहिले बैंकहरूले साना कर्जा बढाउन नयाँ स्किम समेत धमाधम ल्याउन थालेका छन् । केहि समय अघि लक्ष्मी बैंकले विद्याथीलाई ल्यापटम र मोबाइल किन्न समेत ऋण दिनेगरी नयाँ योजना ल्याएको थियो भने एनआइसी एशिया बैंकले पनि सस्तो व्याजदरमै घर सवारी तथा व्यवसायिक कर्जा दिने योजना सार्वजानिक गरेको छ । यसले पनि कर्जा बढन पुगेको बैंकरको भनाइ छ ।

 लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

नयाँ आर्थिक वर्ष अर्थात साउनदेखि कर्जाको माग अझै बढने सम्भावना बढेको बिज्ञहरू बताउँछन् । अहिले आर्थिक वर्षको अन्त्य हुन लागेकाले बैंकहरू ऋण लगानी भन्दा पनि असुलीमा जोड दिइरहेका छन् । तर साउनबाट भने बैंकको एक मात्र उद्देश्य ऋण लगानी हुने भएकाले पनि ऋण प्रवाह बढी हुने छ ।

व्यवसायी पनि ऋण लिएर व्यवसाय सञ्चालन तथा विस्तारमा लाग्नका लागि मानसिक रूपमा तयार हुन थालेका छन् ।‘बैशाख र जेठमा अत्याधिक कोरोना भाइरसका कारण अत्याधिक रूपमा डराएका व्यवसायीहरू अहिले विस्तारै साइकोलोजिक रूपमा नै तयार हुन थालेका छन्,’अधिकारीले भने,‘कोरोना भाइरसको त्राससँगै बिस्तारै व्यवसायमा कन्फिडेन्स डेभलप भएका कारण पनि ऋणको माग हुने सम्भावना देखिएको छ ।’

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।