ऐश्वर्य राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना

Jul 12, 2020 03:34 PM Merolagani

बलिउड नायिका तथा विश्व सुन्दरी ऐश्वर्य राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । दोश्रो परीक्षणको क्रममा उनीहरुमा कोरोना पाइएको हो । महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले उनीहरुमा संक्रमण पाइएको ट्वीटर मार्फत जानकारी दिएका हुन् ।

गए राती अमिताभ बच्चन र अभिषेक बच्चनमा कोरोना पोजिटिभ पाइएको थियो । उनीहरुमा कोरोना पुष्टि भएसँगै बच्चन परिवार तथा कर्मचारीको पनि कोरोना परीक्षण गरिएको थियो । हालसम्म भएको परीक्षणमा बच्चन परिवारमध्ये अभिनेत्री जया बच्चनमा मात्र कोरोना नेगेटिभ पाइएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।