यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.६७ प्रतिशत बढेको छ।
आइतबार ५ लघुवित्त कम्पनीसहित ६ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन सूर्योदय, स्वरोजगार, गणपति, मिथिला र एनआईसी एशिया लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। त्यसैगरी, यस दिन मञ्जुश्री फाइनान्सको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ।
यस दिन सर्वाधिक बढ्ने १० कम्पनीहरुको सूचीमा ९ लघुवित्त कम्पनीहरु परेका छन्।
कारोबारमा आएको तिनाउ मिसन डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य भने यस दिन साढे ५ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी, सोल्टी होटल, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र राधी विद्युत कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ। जीवन बीमाको २.४६, निर्जीवन बीमाको १.३१, अन्यको १.०३, वित्तको १, उत्पादन तथा प्रशोधनको ०.६४ र व्यापारको ०.१२ प्रतिशत बढेको छ। यस दिन होटल उपसमूहको परिसूचक भने सर्वाधिक ३.४८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी अगाडि रहेको छ। यी दुबै कम्पनीहरुको १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
आइतबार नेप्से परिसूचक ९.०२ अंक अर्थात ०.६८ प्रतिशत बढेर एक हजार ३४०.२९ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन ०.९३ अंक, फ्लोट इण्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक बढेको छ। यस दिन १७९ कम्पनीको १६ हजार ८२६ पटकको कारोबारमा १ अर्ब ११ करोड १० लाख रुपैयाँ बराबरको २६ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।