आइतबार काठमाडौं उपत्यकाका ६ जना सहित ८२ जनामा कोरोना संक्रमणको पुष्टि

Jul 12, 2020 04:26 PM Merolagani

आइतबार कोरोना संक्रमणको पुष्टि हुनेको संख्या ८२ रहेको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १६ हजार ८०१ पुगेको छ । जसमध्ये सक्रिय संक्रमित आठ हजार १७४ जना रहेका छन् ।

आइतबार संक्रमित हुनेमध्ये काठमाडौंका पाँच जना र ललितपुरका एक जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी  दिइएको  हो ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या १४७ रहेको छ । नेपालमा अहिलेसम्म कोरोना निको हुनेको कुल संख्या आठ हजार ५८९ पुगेको छ । 

यस्तै नेपालमा पाँच सय भन्दा बढि संक्रमित हुने जिल्ला महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा हुन्  भने धनकुटा, भोजपुर, मुस्ताङ, मनाङ र हुम्ला कोरोना मुक्त भएका जिल्ला हुन् ।

संक्रमितको विवरण :
झापा : १
मोरङ : २
धनुषा : १९
सर्लाही : १
काठमाडौं : ५
सिन्धुपाल्चोक : १
चितवन : ५
मकवानपुर : १
सिन्धुली : १
ललितपुर : १
सोलुखुम्बु : १
बाग्लुङ : २
नवलपरासी : १
पर्वत : २
स्याङजा : १
तनहुँ : ६
गाेरखा : १
लम्जुङ : २
गुल्मी : १
पाल्पा : १
दैलेख : १
रुकुम : २
सुर्खेत : ११
कैलाली : ७
बझाङ : १
डडेलधुरा : २
कैलाली : २
दार्चुला : १

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।