Thu, Mar 28, 2024
साधना लघुवित्तको आइपीओमा आवेदन गर्ने आवेदकमध्ये ८५ प्रतिशतभन्दा धेरैको हात खाली हुने भएको छ। लघुवित्तको आइपीओमा कुल ४ लाख ४८ हजार ६६० वटा याेग्य आवेदन परेकाे छ जसमध्ये ८५ प्रतिशत आवेदककाे हात खाली हुने भएकाे हाे।
लघुवित्तले आइतबारदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। कुल शेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको थियो। आइपीओ कुल ४ लाख ४८ हजार ६६० वटा योग्य आवेदनबाट १ अर्ब ९१ कराेड ४७ लाख ६० हजार रूपैयाँ बराबरकाे १ करोड ९१ लाख ४७ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। कुल आवेदनमध्ये ३ लाख ८२ हजार ५०८ आवेदकको हात खाली हुने प्रारम्भिक तथ्याँकले देखाउछ। बाँकी ६६ हजार १५२ जना आवेदकले भने गोलाप्रथाबाट १० कित्ताका दरले शेयर हात पार्नेछन्। आइपीओमा आवेदन गर्ने १४.७५ प्रतिशत लगानीकर्ताले मात्र आइपीओ पाउने भएका हुन्। लघुवित्तको आइपीओ आगामी दुई दिन भित्र बाँडफाँड हुने बिक्री प्रबन्धक ग्लाेबल आइएमइ क्यापिटलले जनाएकाे छ। लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
लघुवित्तले आइतबारदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। कुल शेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको थियो।
आइपीओ कुल ४ लाख ४८ हजार ६६० वटा योग्य आवेदनबाट १ अर्ब ९१ कराेड ४७ लाख ६० हजार रूपैयाँ बराबरकाे १ करोड ९१ लाख ४७ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।
कुल आवेदनमध्ये ३ लाख ८२ हजार ५०८ आवेदकको हात खाली हुने प्रारम्भिक तथ्याँकले देखाउछ। बाँकी ६६ हजार १५२ जना आवेदकले भने गोलाप्रथाबाट १० कित्ताका दरले शेयर हात पार्नेछन्। आइपीओमा आवेदन गर्ने १४.७५ प्रतिशत लगानीकर्ताले मात्र आइपीओ पाउने भएका हुन्।
लघुवित्तको आइपीओ आगामी दुई दिन भित्र बाँडफाँड हुने बिक्री प्रबन्धक ग्लाेबल आइएमइ क्यापिटलले जनाएकाे छ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।