अजोड इन्स्योरेन्सको आइपीओमा झण्डै साढे पाँच गुणा बढी आवेदन

Jul 12, 2020 05:29 PM Merolagani

अजोड इन्स्योरेन्सले बिक्रीमा ल्याएकाे आइपीओमा आइतबार बेलुका पाँच बजेसम्ममा झण्डै साढे पाँच गुणा बढी आवेदन परेको छ। 

असार २८ गते बेलुका पाँच बजेसम्ममा ४ लाख ८ हजार आवेदकबाट १ करोड ४७ लाख ५८ हजार ६० कित्ता अर्थात १ अर्ब ४७ करोड ५८ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ। यो सर्वसाधारको लागि बिक्री खुला गरिएको आइपीओमा ५.४० गुणा बढी हुन आउछ।

कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिहिबारदेखि बिक्री खुला गरेको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको छ। बाँकी रहने २७ लाख ३० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको आईपीओमा २९ गतेसम्म बिक्री खुला आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ। त्यसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर हिस्सा हुनेछ।

 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।