काठमाडौंका उच्च जोखिम ठानिएका क्षेत्रहरुमा थप पाँच हजार परिक्षण हुँदै

Jul 12, 2020 05:25 PM Merolagani

काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण भएको छ कि छैन भन्ने पत्ता लगाउन थप पाँच हजार परिक्षण हुने भएको छ । इपिडिमियोलोजि महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेका अनुसार यस्तो परिक्षण उच्च जोखिम मानिने सरकारी कार्यालय,अस्पताल, बैंक लगायतका क्षेत्रमा गरिने छन् ।

 

देशभरी यस्तो ४५ हजार परिक्षण गरिने जानकारी डा. पाण्डेले दिए । यसअघि काठमाडौं उपत्यकाका १२ स्थानमा गरिएको तीन हजार परिक्षणमा तीन जनाको मात्र ट्राभल हिस्ट्री बेगर देखिएको छ । उपत्यकाका नख्खु, बोडेँ, कोटेश्वर, संखमुल ,टोखा, डिल्लीबजार, कागेश्वर , मनोहरा लगायतका क्षेत्रबाट तीन हजारको परिक्षण भइसकेको विभागले जनाएको छ । विभागका अनुसार पहिलो प्राथमिकतामा रहेको क्वारेन्टिन परिक्षणको क्रम सकिँदै गएको छ भने दोश्रो चरणमा उच्च जोखिम क्षेत्रमा परिक्षण थालिएको छ ।

विदेशबाट आएर होल्डिङ सेन्टरमा रहनेलाई पहिलो प्राथमिकता अन्तर्गत नै परिक्षण गरिने भएको छ । महाशाखाले जनाए अनुसार हालसम्म मृत्यु भएका ३८ जना मध्ये २४ जना दीर्घ रोगी रहेका छन् ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 
comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।