गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले १३ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब साढे ५ प्रतिशत बढी हो। लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खराब कर्जा उठाउन सफल भएका कारण खुद नाफा बढ्ने पुगेको देखिन्छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले २२ करोड ४१ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड १७ लाख रुपैयाँ बढी हो। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ७९ लाख ९३ हजार रुपैयाँ बढेर २१ करोड ७९ लाख रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा लघुवित्तले ३० लाख ७४ हजार रुपैयाँ खराब कर्जा उठाएको छ।
८० करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २४ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले ५ अर्ब २३ करोड ५० लाख रुपैयाँ सापटीबाट ५ अर्ब ५४ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आवको सोही अवधिसम्ममा लघुवित्तले ५ अर्ब १४ करोड ४१ लाख रुपैयाँ सपाटीबाट ५ अर्ब ५० करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।लघुवित्तको निष्क्रिय कर्जा शून्य प्रतिशत नै रहेको छ।
लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४५ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९६ पैसा कायम भएको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ३१.८१ गुणा कायम भएको छ।