अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै प्रुडेन्सियल इन्स्योरेन्स

Jul 20, 2020 08:34 AM Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड (PICL) ले सर्वसाधारण समूहको ५४ हजार ६३१ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ। इन्स्योरेन्सले गत फागुन १८ गतेदेखि असार १९ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो।

लिलाम प्रक्रियामार्फत बिक्री गर्न लागिएको सो अवितरित हकप्रद शेयरका लागि साउन १२ गतेदेखि १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। सो शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन्।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा अधिकतम सबै कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथमा एनएमबि बैंकका विराटनगर, विरगंज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत, झापा, जनकपुर, चितवन, बाग्लुङ्ग, दाङ्ग, महेन्द्रनगर र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन्।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।