सिभिल लघुवित्तले साउन २५ गतेदेखि शत प्रतिशत हकप्रद बिक्री गर्ने

Jul 21, 2020 07:33 AM Merolagani

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (CLBSL) ले यहि साउन २५ गतेदेखि चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

लघुवित्तले चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ बराबर १ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो। यसअनुसार लघुवित्तले एक सय रुपैयाँ अंकित दरले ११ करोड ४१ लाख १४ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार १४० कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद निष्काशनका लागि लघुवित्तले असार १५ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार असार १४ गते आइतबारसम्म कायम यस लघुवित्तका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। हकप्रदमा सेञ्चुरी क्यापिटल, सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालय, सेञ्चुरी कमर्सियल बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत भदौ १४ गतेसम्म आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले लघुवित्तको हकप्रद निष्काशनलाई केयर एनपि आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ४ रेटिङ्गले लघुवित्तको वित्तीय आधारभुत अवस्था औसत छ भन्ने बुझाउँछ।

लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट फागुन १४ गते हकप्रद बिक्रीको अनुमति पाएको थियो। 

हाल ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी हकप्रद निष्काशनपछि २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्नेछ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।