लक्ष्मी उन्नती कोषको इकाईका लागि आजदेखि आवेदन दिन सकिने

Jul 26, 2020 07:44 AM Merolagani

लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले ८० करोड रुपैयाँ बराबरको लक्ष्मी उन्नती कोषको ८ करोड ईकाई आज (साउन ११ गते) देखि सर्वसाधारणमा बिक्री खुला गर्दैछ।

निष्काशन बन्द छिटोमा साउन १४ गते बन्द हुनेछ भने सो अवधिमा सबै ईकाई बिक्री नभएमा साउन २५ गतेसम्म निष्काशन अवधि लम्बिनेछ।

निष्काशन गरिने कुल इकाईमध्ये १ करोड २० लाख वा कुल बिक्री भएको इकाई सङ्खयाको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित राखिएको छ। सर्वसाधारणले बाँकी ६ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

प्रति ईकाई १० रुपैयाँ अंकित मूल्यका १०० ईकाईदेखि ८० लाख ईकाईसम्मका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

शेयर बजारमा आफै जोखिम बहन गरेर प्रत्यक्ष लगानी गर्न नचाहने नयाँ तथा साना लगानीकर्ताहरुका लागि सुरक्षित लगानी गर्नु यस्ता सामूहिक लगानी कोषहरु उपयुक्त माध्यम हुन्।

१० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।