आरएमडिसी लघुवित्तको खुद नाफा घट्यो

Aug 02, 2020 06:08 AM Merolagani

आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RMDC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको नाफासँगै अधिकांश सुचकहरुमा गिरावट आएको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा २८ करोड ५१ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३८ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३२ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा कमी आएसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ करोड ५६ लाख रुपैयाँ अर्थात ५.२ प्रतिशत घटेर ४६ करोड २ लाख रुपैयाँमा सीमित भएको छ। ब्याज आम्दानीको तुलनामा ब्याज खर्च बढी बढेका कारण खुद ब्याज आम्दानी बढ्न नसकेको हो। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ४ करोड ४० लाख रुपैयाँ अर्थात ६.२ प्रतिशत घटेर ४५ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ७ अर्ब ६ करोड ६९ लाख रुपैयाँ सापटीबाट ८ अर्ब ६ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। लघुवित्तको सापटी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५ प्रतिशत बढेको हो भने कर्जा लगानी १.८ प्रतिशत घटेको हो। चौथो त्रैमाससम्ममा ४ लाख ८६ हजार रुपैयाँ खराब कर्जा उठाउन सफल यस लघुवित्तको निष्क्रिय कर्जा ० प्रतिशत रहेको छ।

८९ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको चुक्ता पूँजीमा कुनै परिर्वतन भएको छैन भने जगेडा कोष २० प्रतिशत बढेको छ।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.११ गुणा कायम भएको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ २८९ रुपैयाँ ३ पैसा र प्रतिशेयर कुलसम्पत्तीको मूल्य एक हजार १११ रुपैयाँ ५ पैसा रहेको छ। लघुवित्तको कोषको लागत ८.९८ प्रतिशतबाट घटेर ७.९५ प्रतिशतमा सीमित भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।