आँधिखोलासँग मर्ज हुन लागेको धौलागिरी लघुवित्तको नाफा ८० प्रतिशत बढ्यो

Aug 02, 2020 07:02 AM Merolagani

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्ज हुन लागेको धौलागिरी लघुवत्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८८ लाख १९ हजार खुद नाफा आर्जन गरेको छ।

सो अवधिसम्ममा यस लघुवित्तको चुक्ता पूँजी ७ करोड रहेको छ। लघुवित्तको जगेडा कोषमा ६ करोड ७ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा लघुवित्तले १७ करोड ५७ लाख रुपैयाँ सापटी र ४६ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन गरी ७९ करोड १६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यसबापत लघुवित्तले ७ करोड ९६ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ। त्यसैगरी, सो अवधिसम्ममा लघुवित्तको सञ्चालन मुनाफा ८५ लाख ५७ हजार रुपैयाँ रहेको छ। असार मसान्तसम्ममा ५४ लाख ४२ हजार खराब कर्जा उठाउन सफल भएको छ।

चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको निष्क्रिय कर्जा २.२२ प्रतिशत रहेको छ भने कष्ट अफ फण्ड ८.४९ प्रतिशत रहेको छ।

लघुवित्तले गत पुस २ गते आँधिखोला लघुवित्तसँग गाभ्नेरगाभिने सम्झौता गरेको थियो। स्याङजामा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्त र बाग्लुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त आपसमा गाभिएपश्चात बन्ने नयाँ संस्थाको नाम धौलागिरी आँधिखोला लघुवित्त रहने छ भने चुक्ता पुँजी १७ करोड रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।