खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढेको हो।
असार मसान्तसम्ममा लघुवित्तले १ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यसैगरी, सो अवधिसम्ममा लघुवित्तको सञ्चालन मुनाफा ७ लाख ३४ हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी २२ लाख १८ हजार रुपैयाँ रहेको थियो भने सञ्चालन मुनाफा २१ लाख १६ हजार रुपैयाँ ऋणात्मक रहेको थियो।
७ करोड ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोष १४ लाख ७७ हजार रुपैयाँ ऋणात्मक रहेको छ।