स्वास्थ्य बीमामा पुरूषकाे भन्दा महिलाकाे आकर्षण धेरै,बीमा गर्नेकाे संख्या करीब ३० लाख

Aug 07, 2020 12:19 PM Merolagani

  • अरूण पाख्रेन

नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । २०७२ चैत्रबाट पाइलट प्रोजेक्टको रुपमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमको प्रभाव पछिल्लो समय विस्तार हुँदै गएको हो ।

स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म ५६ जिल्लाका २९ लाख ५७ हजार ६५ जना सर्वसाधारण स्वास्थ्य बीमामा सहभागी भएका छन् । ५६ जिल्लामा सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई आगामी दिनमा थप जिल्लाहरूमा समेत बिस्तार गर्ने बोर्डले जनाएको छ ।

बोर्डका सूचना अधिकारी कृण आचार्यले थप दुई जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने अन्तिम तयारीमा रहेको बताए । उनले भने, ‘अहिले ५६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु भइसकेको छ । थप दुई जिल्ला रुपन्देही र सप्तरीमा पनि कार्यक्रम लागु गर्ने अन्तिम चरणमा रहेको छ । तर अहिले कोरोनाका कारण तत्काल लागु गर्ने सकिएको छैन् ।’ कोरोना नियन्त्रण हुने वित्तीकै थप दुई जिल्लामा बीमा कार्यक्रम लागु हुने उनको भनाइ छ । योसँगै स्वास्थ्य बीमा लागु हुने जिल्लो ५८ पुग्नेछ ।

यस्तै उनले २५ जिल्लाका अति गरिब र स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका वर्गलाई स्वास्थ्य बीमा कार्यक्रमले विषेश जोड दिएको बताए । गरिबी निवारण कोषबाट प्रमाणपत्र प्राप्त भएका अति गरिबहरू निशुल्क बीमा कार्यक्रममा समेटिने क्रम तीब्र गतिमा भइरहेको जानकारी गराए ।

  • कार्यक्रममा सहभागी हुने झापामा धेरै

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको ५३ जिल्लाहरूमध्ये सबै भन्दा धेरै झापाका सर्वसाधारण सहभागी भएका छन् । झापाका मात्रै ३ लाख ४० हजार २४२ जना सहभागी भएको स्वास्थ्य बीमा बोर्डको तथ्यांकले देखाउँछ । यस्तै चितवनमा २ लाख ६१ हजार ३६१ जना, सुनसरीमा २ लाख ३३ हजार १८१ जना, पाल्पामा एक लाख ७३ हजार २१२ जना सहभागी भएका छन् ।

यस्तै कास्की, कैलाली, भक्तपुर, मकवनपुर र मोरङमा पनि एक लाख भन्दा बढी सर्वसाधरणले स्वाथ्य बीमा कार्यक्रममा सहभागी भएको बोर्डकाे तथ्यांकले देखाएकाे छ।

स्वास्थ्य बीमा कार्यक्रममा सबैभन्दा कम सहभागी हुनेमा भने डोल्पा रहेको छ । डोल्पामा एक हजार ९७० जना मात्रै स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । यस्तै मुगु, रुकुम पूर्व, हुम्ला, धनुषा, ओखलढुंगा, सोलुखुम्बु, पर्वत, धनुषा, धादिङ, दार्चुला, र दैलेखमा लगायतका जिल्लाहरूबाट पनि न्यून मात्रामा स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएको बोर्डले जनाएको छ ।

  • बीमा कार्यक्रममा ५२.२६ प्रतिशत महिला मात्रै आवद्ध

स्वास्थ्य बीमा कार्यक्रममा महिलाको उच्च आकर्षण देखिएको छ । कुल २९ लाख ५७ हजार ६५ जना सहभागी संख्या मध्ये १५ लाख ४५ हजार ५५० जना महिला मात्रै रहेका छन् । यो बीमा कार्यक्रम सहभागी संख्याको ५२.२६ प्रतिशत हो ।

बोर्डको तथ्यांक अनुसार सातै प्रदेशमा स्वास्थ्य बीमा सुबिधा लिनेमा महिला अघि देखिएको छ । सबैभन्दा धेरै प्रदेश एकमा ४ लाख ५१ हजार १६८ जना महिला सहभागी छन् । यस्तै बाग्मती प्रदेशमा ३ लाख २६ हजार ८५१, प्रदेश ५ मा २ लाख ४७ हजार ४९९, गण्डकी प्रदेशमा २ लाख १४ हजार ३९६, सुदरपश्चिम प्रदेशमा एक लाख ५१ हजार २०४, कर्णाली प्रदेशमा एक लाख ४ हजार ८६३ र प्रदेश २ मा ४० हजार ९५३ महिला सहभागी भएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रम के हो ?

सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत आम नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन, स्वास्थ्य सेवा उपयोगका क्रममा भइरहेको व्यक्तिगत खर्चलाई ब्यवस्थित गर्दै उपलब्ध स्रोतको प्रभावकारी र दक्ष तथा जिम्मेवार व्यवस्थापनका लागि राष्ट्रिय सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको हो ।

सम्पूर्ण जनतालाई सहज रूपमा स्वाथ्य उपचार पाउन र कुनै पनि नागरिकलाई सामान्य रोगदेखि मुटु, मृगौला, क्यान्सर लगायतका कडा रोग तथा अन्य उपचारमा सहायता होस् भन्ने उदेश्यले सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागु गरेकाे हो ।

यसबाट महंगो र अत्यावश्यक सबै उपचार सेवालाई आम नागरिकको पहुँचमा पुर्याउने, जनताले स्वास्थ्यसेवा उपभोग गर्दा ठूलो आर्थिक बोझ व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुने र नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति हुने सरकारको विश्वास छ ।

बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशनलगायतका उपचार खर्च बापत एक लाख रुपैयाँसम्मको सेवा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी समेत प्राप्त गर्न सक्नेछन् ।

तर, कस्मेटिक सर्जरी, व्यक्तिगत झै झगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परि चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउने छैन । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

स्वास्थ्य बीमा कार्यक्रममा कसरी आवद्ध हुने ?

यस कार्यक्रमा सबै उमेर समुहका व्यक्ति सदस्य बन्न पाउने छन । कार्यक्रममा आवद्ध हुन चाहने पाँच जनासम्मको परिवारले बीमा शुल्क वापत प्रति परिबार प्रत्येक वर्ष ३ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । पाँच जना भन्दा बढी जतिसुकै सदस्य भए प्रति सदस्यले ४२५ रुपैयाँका दरले थप शुल्क बुझाउनु पर्ने हुन्छ ।

बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखा मुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा शुल्क बापतको रकम तिरि दिने व्यवस्था छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।